
पूर्वपोष्ट
ताप्लेजुङ, २७ फागुन । ताप्लेजुङका नौ स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका उत्कृष्ट बनेको छ। संघीय सरकारअन्तर्गत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तह कार्यसम्पादन मूल्यांकनमा मेरिङदेन ६९.१४ अंक प्राप्त गर्दै प्रथम बनेको हो।
एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सिदिङ्वा सबैभन्दा कमजोर देखिएको छ। सिदिङ्वाले ४५.७२ अंक प्राप्त गरेको छ। यस्तै, पाथीभरा याङवरक ६७.६५ अंक हासिल गर्दै दोस्रो, मैवाखोला ६४.६२ अंकसहित तेस्रो भएको छ।
गत वर्ष मैवाखोला गाउँपालिका कोशी प्रदेशकै उत्कृष्ट बनेको थियो। आठराई त्रिवेणीले ५८.६७, फक्ताङलुङले ५८.६० अंक प्राप्त गरेका छन् भने जिल्लाको एक मात्र फुङलिङ नगरपालिकाले ५६.९६ अंक प्राप्त गरेको छ । समग्रमा नगरपालिका जिल्लाको छैटौँ स्थानमा रहेको जनाएको छ।
सिरिजंघाले ५६.४३, मिक्वाखोलाले ४९.४५ अंक प्राप्त गरेको आयोगद्वारा प्रकाशित गरेको विवरणमा उल्लेख गरिएको छ। आयोगले गाउँकार्यपालिका र नगरकार्यपालिकाले १० असार ०८१ भित्र आर्थिक वर्ष ०८१-८२ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा र नगरसभामा पास गरेर नगरेको हेर्ने गरेको छ।