
केशबप्रसाद भट्टराई
ताप्लेजुङ, २४ साउन । हिमाली जिल्ला ताप्लेजुङको प्रशिद्ध तीर्थ स्थल पाथिभरा ३ हजार ७ सय ९४ मिटर उचाइमा छ । बार्षीक हजारौंको संख्यमा तीर्थयात्री जाने गरेको पाथीभरामा पर्याप्त पानी छैन । आफ्नो शरीरमात्रै र्पुयाउन पनि मुस्किल पर्ने पाथीभरा जाने यात्रीहरू पानी बोकेरै लानु पर्ने बाध्यता छ ।
यसरी हजारौको संख्यामा आउने तीर्थ यात्रीलाई हिडेकाबेला पानीले मुख भिजाउन अथवा मन्दिरमा पुगेर पूजाआरधनाको लागि अक्षता लगायत पूजा सामग्री तयार गर्न पानी चाहिन्छ ।
तीर्थयात्रीको सुविधाका लागि सरकार र निजी क्षेत्रबाट पानी पु¥याउन हरेक प्रयत्न भईरहेको छ । हरेक प्रयासका बावजुद अहिले सम्म ५ वटा प्रयास भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।
पाँचौं प्रयासका स्वारुपमा लिफ्टिङ विधि अपनाइएको छ । मन्दिरमै पर्याप्त पानी पु¥याउन काफ्लेपाटीबाट लिफ्ट निर्माणको काम भइरहेको छ ।
मुहानबाहेक माथिल्लो सबै ठाउँमा ट्यांकी निर्माण कार्य सकिएको छ । काफ्लेपाटीमा प्रमुख ईन्टेक ट्याङ्कि निर्माण भएको छ । भने बुलुडाँडा, माथिल्लो भेदी, दोबाटो, नयाँ पाटी र पाथीभर मन्दिरमा गरि ६ निर्माण कार्य सकीएको निर्माण गरिरहनु भएका खड्ग थापाले बताउनुभयो । पाईप जोड्ने काम भईरहेको र आगामी माघ सम्ममा काम सम्पन्न गर्ने समेत थापाले जानकारी दिनुभयो ।
सरकार र उपभोक्ताको गरी ६ करोड ६२ लाख रुपैयाँको लागतमा कामको ठेक्का दिएको उपभोक्त समितिका अध्यक्ष गोपाल न्यौपानेले बताउनुभयो । यो पानी पुगेपछि प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिरमा झर्ने बताईन्छ ।
पाथीभरा मन्दिरमा खानेपानीको स्थायी व्यावस्थापनका फेल भएका ४ प्रयास
पहिलो पटक मुहानबाट पाइप मार्फत खानेपानी ल्याइएको थियो । तर, यसलाई मन्दिर क्षेत्रमा पु¥याउन सकिएन । माथिल्लो फेदीको बस्तीदेखि एक किलोमिटरमा रहेको नीलो पाटी सम्म पुगेको थियो तर दिगो हुन सकेन । ३१ सय मिटर उचाइमा रहेको माथिल्लो फेदीका बासिन्दालाई भने पानी पुगेको बताईन्छ ।
यहाँ तीर्थयात्रीले नुहाउन, तातोपानी तताएर पिउन पाउँछन् । बोकेर जानुपर्दा यहाँबाट अढाई किलोमिटर मात्रै भएकाले केही सहजता छ । मुहानभन्दा मन्दिर उचाइमा भएकाले मन्दिरसम्मै नपुगेको हो ।
अर्को प्रयास भनेको मन्दिर परिसर र बाटोमा बनाइएका धर्मशालामा मगरा राख्ने र आकाशेपानी पर्दा त्यसलाई ड्रममा जम्मा गर्न थालियो । पछि खानेपानी कार्यालयसँगको सहकार्यमा सिमेन्टका ट्यांकी बनाएर धारामा झर्ने पनि बनाइयो ।
तर, सिमेन्टका ट्यांकी उपयोगी हुन नसकेको बताईन्छ । छानाबाट सिधै ड्रममा झारिएको पानी भने भरपर्दो बनेको छ । अहिले पनि सबैभन्दा भरपर्दो विधि यही भएको बताईन्छ । प्लास्टिकका ड्रममा जम्मा गरेको पानी उपयोगमा आएको छ । तर लामो समय पानी नपरेर खडेरी चले पानीको हाहाकार गरेको बताईन्छ ।
अर्को अर्थात तेस्रो प्रयासमा, जाली राखेर पानी बोकेको कुहिरो ठोकाउने र त्यहाँवाट झर्ने विधि अपनाइयो । यसका लागि मन्दिरनजिकैको डाँडामा चारवटा जाली राखिए । जब कुहिरो जालीमा ठोकिन्थ्यो त्यसको पानी जालीमार्फत ड्रममा जम्मा हुन्थ्यो । ड्रमबाट धारामा झर्ने बनाइएको थियो । यसमा दातासँग सहकार्य गरिएको थियो । यो विधि प्रभावकारी हुन सकेन । स्थापनाको केही वर्षमै प्रयोग विहीन बन्यो ।
चौथो प्रयास अन्तर्गत, हिउँदका लागि हिउँ पगालेर पानी बनाउने र सञ्चित गर्ने । यो विधि हिउँदमा अहिले पनि प्रयोग हुन्छ । यस्ले मन्दिरमा आउने तीर्थयात्रीलाई अक्षता मुस्न, हात खुट्टा धुन र तातोपानी खान हिउँदमा सहयोग र्पुयाएको छ । हिउँदमा पानी नपर्ने भएकाले मन्दिरमै बस्नेका लागि पानीको एक मात्र स्रोत हिउँ पगाल्नु हो । अँगेनामा ठूलो आगो बाल्ने र भाँडामा हिउँ तताएर पानी बनाइन्छ । यहाँ हिउँदका तीन चार महिना हिउँ जमिरहने भएकाले पगाल्ने काम आवश्यकता अनुसार हुन्छ ।
हिउँ पगाल्न समितिले ठूला भाँडाहरूको व्यवस्थापन मिलाइदिएको छ । दाउरा हिउँदअघि नै तयारी अवस्थामा राख्ने र आवश्यकता अनुसार ठूला–साना भाँडामा हिउँ पगाल्ने गरिन्छ । मंसिर अन्तिम देखि चैतसम्मको पानी बनाउने विधि यही मात्रै हो ।