
केशबप्रसाद भट्टराई
ताप्लेजुङ, २१ साउन । ताप्लेजुङमा कोरोना विरुद्धको कोविट शिल खोप पहिलो डोज लगाएर दोश्रो डोज लगाउन १२ हजार ४५ जनाले पाएका छैनन् ।
माघ १५ गते देखि जेठको २० गते सम्म पहिलो डोज लगाएका मानिसहरु दोश्रो डोज कहिले आउला र लगाउन पाईन्छ भनेर कुरेर बसेका छन् । कोविट शिल पहिलो डोज लगाएको ८ देखि १२ हप्ता सम्ममा दोश्रो डोज लगाउनु पर्ने बताए पनि ६ महिना वितिसक्दा सम्म दोश्रो डोज आएको छैन ।
जिल्लामा कोविट शिल खोप १४ हजार २ सय ४ आएको थियो । त्यस मध्ये २ हजार १ सय ५९ जनाले दुवै डोज लगाएका छन् । भने १२ हजार २ सय ४ जनाले एक डोज मात्र लगाएका छन् ।
त्यसैगरि भेरोशिल १६ हजार ३३० डोज खोप जिल्ला भित्रिएको छ । जसमध्ये ५ हजार ७ सय ९१ जनाले दुई डोज पाएका छन् । १ हजार १ सय २२ जनाले पहिलो डोज पाएका छन् । पहिलो डोज पाउनेलाई दोश्रो डोज साउन २२ गते देखि लगाउने योजना रहेको स्वास्थ्य कर्यालयका खोप अधिकृत दिनेश राय यादवले बताउनुभयो ।
स्वास्थ्य कार्यालयकोे खोप स्टोरमा अहिले ८ हजार ६ सय डोज स्टोर रहेको अधिकृत यादवले बताउनुभयो । सो स्टक रहेको खोप ४ हजार ३ सय जनालाई पुग्ने समेत यादवले बताउनुभयो । सो स्टक रहेको खोपलाई साउन २२ गते देखि फुङलिङ नगरपालिकाका वडा वडामा लगाउने समेत यादवले बताउनुभयो ।