
पूर्वपोष्ट
ताप्लेजुङ, १३ फागुन । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केवलकारको बिषयमा भएको विवाद समाधानको लागि ‘नो केवलकार समुह’ले चार सर्त अघिमा बार्ताहुने बताएका छन् । गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेपछि आन्दोलनरत पक्षले चार सर्त अघि सारेर बार्तामा बस्ने जनाएका हुन् ।
नो केवलकार समुहले मंगलबार विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा दिगो, शान्ति, सार्थक र परिणाममुखी वार्ताका लागि सघंर्षरत पक्षबाट वार्ताको वातावरण तयार गर्ने हो भने चार सर्त मान्नु पर्ने बताएका हुन् ।
विज्ञप्ती मार्फत उनिहरुले मन्त्रीस्तरीय वार्ता समिति गठन गरी आन्दोलनरत पक्षलाई आधिकारिक पत्राचार हुनु पर्ने, आन्दोलनका क्रममा ताप्लेजुङ, सुनसरी लगायत विभिन्न स्थानबाट पक्राउ गरिएकाहरूलाई निसर्त रिहाइ गरी ताप्लेजुङको निषेधाज्ञा हटाउनु पर्ने सर्तहरु अघीसारेको छ । विज्ञप्तीमा केबुलकार निर्माण कार्य बन्द गरी निर्माण स्थलबाट सामग्री, ठेकेदार, कामदार र मजदुर फिर्ता गर्नु पर्ने, पाथीभरा मुक्कुमलुङ क्षेत्रबाट स–शस्त्र प्रहरी फिर्ता हुनुपर्ने सर्त अघि सारेका छन् । गृह मन्त्रालयले यस अघि फागुन ९ गते सोमबार तथा १२ प्रेस विज्ञप्ती प्रकाशित गरि आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको थियो ।
केबुलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि गत माघ २० गते गृह मन्त्रालयद्वारा वार्ता टोली गठन गरिएको थियो । ‘नो केबुलकार’ समूहले फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ पदयात्रा कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमको अन्तिम दिन ८ गते केबुलकारको निर्माण स्थल काफ्लेपाटीमा ‘नो केबुलकार’ समूह र प्रहरीबिच झडप भएको थियो । उक्त झडपको क्रममा प्रहरी, सवारी चालक र आन्दोलनरत पक्षसहित १३ जना घाइते भएका थिए भने, झडपलाई नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रु ग्यास समेत प्रहार गरेका थिए । काफ्लेपाटीमा चार दिनसम्म विरोध प्रदर्शन गरी आन्दोलनरत समुह शनिबार साँझदेखि सदरमुकाम केन्द्रित भएका थिए । शनिबार साँझ पनि नो केबुलका समूह र प्रहरीबिच झडप हुँदा २३ घाइते भएका छन् । झडपको क्रममा ११ जना प्रहरीसहित २४ जना घाइते भएका हुन् । १२ जना प्रहरी र १२ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइते मध्ये एक जना प्रहरी र तीन जना आन्दोलनरत पक्षका कार्यकर्तालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।