पूर्वपोष्ट
ताप्लेजुङ, १३ फागुन । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जारी गरेको निषेधाज्ञा मंगलबार अर्थात फागुन १३ गते राति ११ बजेबाट खुल्ला गरिएको छ ।
ताप्लेजुङ जिल्लाको फुङलिङबजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडप र प्रतिकुल स्थिति सृजना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिका कारण फागनु ११ गते विहान ५ बजे देखि लागुहुने जारी गरिएको निषेधाज्ञा मंगलबार राति ११ बजेबाट खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ ।
प्रजिअ शर्मा द्धारा जारिगरिएको सूचनामा जिल्ला शुरक्षा समितिको बैठक बसि निषेधाज्ञा अन्त्यगरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!