पूर्वपोष्ट
ताप्लेजुङ, १२ फागुन । आन्दोनरत पक्ष र सरकार वीचबार्ताका लागि पाथीभरा क्षेत्रमा केबलकार निर्माण कार्य तत्काललाई स्थगन गरिने भएको छ । केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षसँग वार्ता गर्न गृह मन्त्रालयले गठन गरेको वार्ता टोलीद्वारा आज जारी विज्ञप्ति अनुसार केबलकार निर्माण तत्काल स्थगन गरिन भन्दै आन्दोलनरत पक्षलाई फेरीबार्ताको लागि आवाहन गरिएको छ ।
वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा जारी गर्दै समस्याको समाधान वार्ता र संवादबाट गर्ने भन्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरिएको छ ।
‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई आउनुहुन हार्दिक अपिल गर्दछु’, विज्ञप्तिमा उल्लेख छ । बर्तामा निर्माण पक्ष तथा सवै सरोकार वालालाई समेत समेटीने उल्लेख छ ।
ताप्लेजुङ जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा विवाद उत्पन्न भई तनाव सिर्जना भएपछि गृह मन्त्रालयले गत माघ २२ गते वार्ता टोली गठन गरेको थियो । पाथीभरा क्षेत्रमा केबलकार बनाउन हुँदैन भनेर आन्दोलन बढ्दै गएपछि सरकारले गत माघ २२ गते वार्ता टोली गठन गरेको थियो । सरकारी वार्ता टोली र आन्दोलन पक्षबीच पटक–पटक वार्ता भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!