
आनन्द गौतम
ताप्लेजुङ, १८ साउन । मुहारमा एन नाइन्टीन मास्क । त्यसको बाहिर टाउकामा फेस शिल्ड । शरिरमा पिपिइ र हातमा पञ्जा । उनको परिचय हो फुुङलिङ नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव लक्ष्मी वनेम मावो । यीनै वनेमले गत विहिवार उद्योग बाणिज्य संघको भवनमा नौ सय ४० जनालाई कोरोना संक्रमण बिरुद्धको भेरोशिल खोप लगाइदिइन । त्योपनि एकैदिन विहान ९ः३० वजेदेखि वेलुका ६ः१५ वजेसम्ममा । विहान खाना खाएर खोप लगाउन थालेकी उनी बेलुका सकेपछि मात्रै बाहिर निस्किइन । दिनभरी न खाजा पानी खाइन, न त शौचालयनै गइन । तर, यतिगर्दा पनि उनले २०५८ सालमा आफुले बनाएको आफ्नै रेकर्डभने तोड्न सकिनन । ५८ सालमा उनले दादुरा रुवेलाको खोप एकैदिन १ हजार ६४ जनालाई लगाएकी थिइन ।
२०४६ कार्तिक १६ गते जागीरमा प्रबेश गरेदेखि खोप लगाउन थालेकी उनी लगाउनपनि पोख्त छन । सुइ घोच्दा साह्ै दुख्छहोला भनेर अनुहार निन्याउरो बनाउनेहरु उठ्नुहोस भन्दा अरे अघि लगाइसकियो भनेर निस्किन्छन । अनी भन्छन, ‘नानीको हात त हलुंगो रहेछ’ । कतिपय त खोपै लगाइदिएनकी भनेर संका गर्नेपनि हुने लक्ष्मी आफैं सुनाउछिन । ‘दुख्छ भनेर डरले मुण्टो लुकाएर बस्छन्, सिरिञ्जमा तानेको पत्तै पाउदैनन, उठ्नु भनेपछि आरे लगायो र भन्नेहरु हुन्छन’ लक्ष्मीले सुनाइन । भेरोशिलको खोप लगाउदा फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेलले पनि सुरुमा ‘नदुखाइ लगाउनु है कत्तिको एक्सर्पोट रछ्यौं आज जाँच हुन्छ’ भनेका थिए । सकिएपछि लु खोप लगाउन चाही एकसपोर्ट रहेछ भन्दै बाहिरिए ।
नगरपालिकाको स्वास्थ्य शाखाका मञ्जु गुरुङका अनुसार खोप लगाउदा उनको सहयोगकालागी एकजना छेउमा राखिन्छ । उनले प्लाष्टिकवाट खोलेर सिरिञ्ज, भायल र रुवा दिन्छन । दुइ हातले सिरिञ्ज भर्ने, देब्रे हातले सेवा ग्राहीलाई खोप लगाइदिने र दाहिने हातले रुवा थमाइदिएर सिरिञ्ज र भायलको बट्टा डस्विनमा फाल्नेकाम लक्ष्मी आफैंले गर्छिन । सेवाग्राहीलाई कुर्सिमा राखेर उनी आफुभने उभिएरै खोप लगाउछिन ।
कुममा लगाउनुपर्ने भएकाले कसैले कपडा खोल्न ढिलागरे उनी त्यसलाई पर्खेर भने बस्दिनन । अर्कोलाई बोलाएर लगाइदिई हाल्छिन । सबै प्रकृया मिले पहिलाको भन्दा अहिलेको खोप लगाउन सजिलो हुने लक्ष्मीको बुझाइ छ । ‘विसिजि र दादुराको खोप लगाउदा पानी र पाउडर छुट्टाछुट्टै आउथ्यो, त्यसलाई घोल्नुपथ्र्यो र घोलेको छ घण्टामा लगाइसक्नुपथ्र्यो,’ लक्ष्मीले थपिन,‘अहिलेको त बट्टा खोलेर सिरिञ्जमा मात्रा मिलाउदै लाइदिंदा भइहाल्छ नी ’ अझ जापानिज इन्सेफ्लाइटिसको खोप थालेको एक घण्टामा लगाइ सक्नुपथ्र्यो । त्यही भएर पहिला मान्छे भेला पारिसक्ने र त्यसपछि मात्रै लगाउने गरेको उनले सुनाइन । तर यहि कुरा बुझाउन नसक्ता मान्छेहरु खोप केन्द्रमा पुगेर पर्खायो भनेर रिसाउने गरेका थिए ।
खोप लगाउन आएकाहरुले हतार गर्नु, मलाइ पहिला भन्नु स्वभाविक भएको लक्ष्मी सुनाउछिन । तर रोलक्रम मिचिन नदिइकन लगाउदा विवाद नहुने उनको तर्क छ । कोरोना बिरुद्धको खोप लगाउन थाल्दा जिल्लामा थोरै मात्रै मान्छे थिए । गत असार २५ र २६ गते दुईदिनमा ४ सय ९१ जनालाई लगाइन । त्यसपछि विहिवार सबैभन्दा ठुलो संख्यालाई लगाउदा त्यसको तथ्यांक राख्न र कार्ड बनाइदिन छजना कर्मचारी खटिएका थिए । पहिल्यैदेखि एक्लैले लगाउने र भ्याउने भएकाले अर्को मान्छे प्रयोग नगरेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राजकुमार पोख्रेल वताउछन । ‘खोप लगाउने स्वास्थ्यकर्मी त अरुपनि छन,’ राजकुमारले भने, ‘म गलें, मलाइ पालो चाहियो भन्नुहुन्न, थालेपछि सकेरै छोड््न खोज्नु हुन्छ त्यही भएर अर्को मान्छे प्रयोग गर्दैनौं ।’ दिनभरी उभिएर लगाउदा हात खुट्टा गल्ने शरिर दुख्ने जस्तो अनुभुती नहुने लक्ष्मी सुनाउछिन । ‘लाउदा÷लाउदा बानी नै भइसक्यो, बेलुका थाके जस्तो चाही हुन्छ, अरु त वास्तै हुदैन’ उनले भनिन । कामको मुल्यांकन गरेरै गत असार १० गते नगद पुरस्कार सहित सम्मान गरेको नगरपालिका प्रमुख छत्रपति प्याकुरेल सुनाउछन । हलुंगो गरी लगाउने र खोप लगाउनमा पोख्त भएकाले उनैलाई प्रयोग गरिएको उनले वताए ।