
नायक पुष्प खड्का चलचित्र र म्युजिक भिडियोमा व्यस्त छन् । अभिनय र नृत्यमा अब्बल भएका कारण पनि पुष्पलाई मेकरले पत्याएका छन् ।
उनैै, पुष्प गायक शिव परियारको स्वरमा समावेश ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ बोेलको गीतमा डान्सिङ मुडमा देखिदैछन् । इम्प्रेसन्स इन्टरटेन्मेन्टले निर्माण गरेको यो गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । अनलाइनखबर