
काठमाडौ, २४ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई कि ममतामहि ९५ बर्ष कि आमा महेन्द्रादेवि भट्टराईको शनिबार निधन भएको र उहाको पार्थिक शरिरलाई आईतवार अन्त्येष्टि गरिएको छ ।
विहान ८ बजे पशुपति आर्यघाटमा भट्टराईको अन्त्येष्टि गरिएको हो । अन्तेष्टी कार्यक्रम नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल, लुम्बनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेल, एमाले उप महासचिवद्धय तथा पूर्वमन्त्रीहरु घनश्याम भुसाल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे,प्रदिप ज्ञवाली, गोकर्ण विष्ट श्रद्धाञ्जली अर्पण गर्न पशुपति आर्यघाट पुग्नु भएको थियो ।