पूर्वपोष्ट
ताप्लेजुङ, १० फागुन । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा महाशिवरात्रिको अवसरका ‘रछ मेमोरियल आमन्त्रित फुटवल प्रतियोगिता’ हुने भएको छ । फागुन १३ गते देखि १७ गते सम्म हुने प्रतियोगिताको खेल तालिका सर्वजनिक गरिएको छ ।
प्रतियोगितामा आठ पूmटवल टिमहरुले सहभागीता रहेको आयोजक जलजले फुटबल क्लव साँघुका अध्यक्ष रुपनारायण घिमिरेले बताए । प्रतियोगिताको खेल तालिका अनुसार फागुन १३ गते माछापोखरी हिटी क्लव ताप्लेजुङ र ईन्ट्रा पथरी ११ फुटवल क्लव मोरङ विच प्रतिस्पदा हुने भएको छ ।
त्यस्तै १३ गते नै दोस्रो खेलमा आयोजक जलजले क्लव र तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबसँग हुने बताइएको छ । अर्को दिन अर्थात फागुन १४ गते पहिलो खेलमा मैवाखोला गाउँपालिकाको टिम र धरान सिटी फुटबल क्लब धरान सुनसरी सँग भिडन्त हुने अध्यक्ष घिमिरेले जानकारदिए । सोही १४ गते अर्को खेल मरिक फुटबल क्लब धरान र साँघुरी गढी फुटबल क्लब धनकुटासँग खेल्ने बताईएको छ । महाशिवरात्रि पर्वकै अवसरमा पालिका स्तरीय महिला फुटबल र पुरुष ब्याडमिन्टनतर्फ एकल र युगल खेल समेत सञ्चालन हुने खेल क्लवका सचिव चिरन्जिवी चोङबाङले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!