पूर्वपाेष्ट

ताप्लेजुङ २८ माघ । नो केवलकार समुहले पाथीभरा क्षेत्रमा केबलकार निर्माण हुनुहुदैन भन्दै पुन: अनिश्चित कालिन बन्द र आमहड्ताल गर्ने बताएको छ । काठमाण्डौमा भएको पत्रकार सम्मेलन गर्दै अनिश्चित कालिन बन्द र आमहड्ताल लगायत कार्यक्रमहरूको घोषणा गरेको बताएको हो। नो केवलकार समुहले गत माघ २२ गते सरकारी वार्ता समितिसँग भएको ६ बुँदे सहमति गरेको थियो । सो सहमति कार्यान्वयन नभएको भन्दै पुन आन्दोलन गरिने बताएको हो।

पत्रकार सम्मेलन मार्फत निकािलएकाे प्रेस विज्ञप्तीमा माघ २८ देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमई बैंक सहित आइएमई समूह १ नं प्रदेश लगायत देश विदेशमा बहिष्कार गर्ने भनिएको छ । त्यस्तै फागुन ६ देखि ९ गतेसम्म ‘मुख्यमुख्लुङ्ग बचाऔँ पदयात्रा’ गरिने भएको छ भने केवलकार अनुमोदन तथा सहमतिका खारेजीका लागि फुटपाथ नागरिकलाई कार्यक्षमता धैर्य गर्ने तथा केवलकार निर्माण समितिको दुवै पक्ष संयुक्तरुपमा बहिष्कार सभा गर्ने । त्यस्तै कानूनी, ऐतिहासिक र वैज्ञानिक अध्ययन प्रतिवेदन लिने र लिम्बुवान, संघीयता, सहिद सँगै जिल्ला प्रशासन कार्यालय मार्फत संघ सरकारलाई विरोध पत्र बुझाउने, प्रदर्शन गर्ने र विरोध पत्र दूतावासहरूलाई विरोध पत्र पठाउने। अनिश्चित कालिन बन्द र आमहड्ताल गर्ने कार्यक्रम रहेको बताईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!