
काठमाण्डौं, ६ पुष । नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हरायो ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ८५ रनको लक्ष्य प्रस्तुत गर्यो । प्रत्युत्तरमा जनकपुरले १९।२ ओभरमा ५ विकेट गुमाउँदै पहिलो संस्करणको उपाधि उचाल्यो ।
यसअघि भएको दुबै खेलमा सुदूरपश्चिम विजयी भएको थियो । पहिलो क्वालिफायरमा सुदूरपश्चिम आठ विकेटले विजयी हुँदा लिग चरणमा समेत जनकपुरलाई ७२ रनले हराएको थियो । त्यसैको बदला फाइनलमा जनकपुर लिन सफल भयो ।
जनकपुरलाई पहिलो क्वालिफायरमा हराउँदै सुदूरपश्चिम फाइनलमा स्थान बनाएको थियो । जनकपुर कर्णालीलाई इलिमिनेटरमा हराउँदै तेस्रो पटक सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो । जनकपुरको लागि ओपनरद्वय लाहिरु मिलान्था र कप्तान आशिफ शेखले पहिलो विकेटको लागि ७३ रनको बलियो साझेदारी गरे । तेस्रो विकेटको लागि लाहिरु र हर्ष ठाकरबीच ६१ रनको साझेदारी भएको थियो ।
श्रीलंका कोलम्बोमा जन्मिएर अमेरिकाको लागि खेलिरहेका लाहिरुले ४९ बलमा सर्वाधिक ८७ रन बनाए । ९ चौका र चार छक्का प्रहार गरेको लाहिरुलाई स्कट कुगुलेइनलाई १५।३ ओभरमा आउट गरेका हुन् । तेस्रो विकेटको लागि लाहिरु र हर्षबीच तेस्रो विकेटको लागि ६१ रनको साझेदारी भएको थियो । हर्षले ।।।।।।। ओपनर आसिफले १९ बलमा ३३ रन बनाए । चार चौका र २ छक्का प्रहार गरेको आसिफलाई सैफ जैवले ब्रान्डन म्याकमुलनबाट क्याच गराएका थिए । मोहम्मद मोहसिनले ९ रनमात्रै बनाए । जिमी निसमले ४ रनमात्रै बनाए । जनकपुरको लागि स्कट, दीपेन्द्रसिंह ऐरी, सैफ जैव र इशान पाण्डेले समान एक विकेट हात पारेका थिए ।
पहिलो इनिङमा पहिलो विकेटको लागि ओपनरद्वय सैफ जैव र विनोद भण्डारीले ११७ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले ठूलो स्कोर बनाउन सफल भएको थियो । यदपि मध्यक्रम र तल्लो क्रमले सोचेजस्तो प्रदर्शन नगर्दा सुदूरपश्चिमले प्रतियोगिताकै कीर्तिमानी रन बनाउन सकेन । ११।६ ओभरमा पहिलो विकेट गुमाएको सुदूरपश्चिमले बाँकी ८ विकेट गुमाउँदा मात्र ६७ रन बनायो । यसअघि लुम्बिनीविरुद्ध विराटनगरले एनपिएलकै सवैभन्दा धेरै रन १९३ बनाएको थियो ।
सुदूरको लागि इंग्ल्यान्डका २६ वर्षीय बाँया हाते ब्याटरले ४३ बलमा सर्वाधिक ६९ रन बनाए । ८ चौका र २ छक्का प्रहार गरेका जैवलाई किशोर महतोले ललित राजवंशीबाट क्याच आउट गराएका हुन् । उनले एनपिएलमा दोस्रो अर्धसतक हो । यसअघि लुम्बिनीविरुद्ध ९० रन बनाएका थिए ।
अर्का ओपनर विनोदले ३१ बलमा ४१ रन बनाए । १ चौका र ३ छक्का प्रहार गरेको विनादलाई राजवंशीले नै बोल्ट गरेका हुन् । तेस्रो नम्बर क्रिजमा आएका ब्रान्डन म्याकमुलेन र हरमित सिंहले समान १४ रन बनाए ।
९ रन बनाएका कप्तान दीपेन्द्रसिंह ऐरीलाई मोहम्मद मोहसिनले वैकल्पिक खेलाडी हेमन्त धामीबाट क्याच गरेपछि सुदूर रन बनाउनै सकेन । न्युजिल्यान्डका ३२ वर्षीय खेलाडी स्कट कुगेलेइनले पनि १० बलमा जम्मा १३ रन बनाए । आशा गरिएका आशिफ शेखले मात्र १ रन बनाएन सके । नरेश बुढाऐरपनि ८ रन बनाएर आउट भएका हुन् ।
टस हारेर बलिङमा आएको जनकपुरको लागि मोहम्मद मोहसिन र किशोरले समान सर्वाधिक तीन विकेट लिए । ललित, जेम्स निसमले समान एक विकेट हात पारेका हुन् । शेर मल्ल र हर्ष ठाकर विकेट विहिन भए ।ुङको दोभानमा सम्पन्न भएको भलिवल प्रतियोगितामा झापाको पाथीभरा टाइगर भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै भोजपुरले उपाधि चुमेको हो ।
झापालाई भोजपुरले २५–२१, २५–१६ र २५–२३ को सोझो सेटमा जीतेको थियो । उपाधि जितसँगै भोजपुरले ३ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । त्यस्तै उपविजेता बनेको झापाले एक लाख ७५ हजार रुपैयाँ नगद र ट्रफी, पदक तथाा प्रमाणपत्र प्राप्त ग¥यो । सेमिफाइनमा संखुवासभाको सभापोखरीलाई २५–२३, ३०–२८ र २५–२१ को सेटमा पराजित गर्दै भोजपुर फाइनल पुगेको हो । त्यस्तै मुकेश मेमोरियल क्लव ताप्लेजुङलाई २५–१९, २५–२१ र २५–१९ ले पराजित गर्दै झापा फाइनलमा पुगेको थियो । प्रतियोगितामा भारत, सिक्किमको नाम्चे भलिबल क्लबसहित ७ टोलीको सहभागिता रहेको आयोजकले बताएका छन् ।