पूर्वपोष्ट
ताप्लेजुङ, १७ मंसिर । ताप्लेजुङको सिरिजंगा गाउँपालिका –३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कुमारी साउदेन निर्वाचित भएकी छिन् । आइतबार सम्पन्न भएको उपनिर्वाचनमा उहाँले ३५३ मत प्राप्त गरी विजयी भएकी मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।
उहाँका निकटम प्रतिद्धान्दि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अम्वी सावादेनले दुईसय ५१ मत प्राप्त गरे । नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले दुईसय १८ मत ल्याए । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल ७ मत प्राप्त गरेको अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय