
पूर्वपोष्ट
ताप्लेजुङ, २३ कार्तिक । पाँचथरको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका ६ मा ट्रक दुर्घटनामापरि चालक सहित दुई जना घाइते भएका हुन् ।
हिलिहाङ २ सिंगापुर देखि गोलिया(काठका लकडी) लिएर झापा हिँडेको ना ४ ख ७१२३ नम्बरको ट्रक अनियन्त्रित भएर सडक देखि करिब ५० मिटर तल खस्दा त्यसमा सवार पाँचथरको हिलिहाङ ३ निवासी ५७ बर्षीय भवानी शंकर पौडेलको घट्नास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा इलाम सुर्योदय नगरपालिका १२ घर भएका ५२ वर्षीय तेजबहादुर दाश र ट्रक चालक झापा चारपाने निवासी ४० वर्षीय राजकुमार बस्नेत घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक बेनिलाल साहले बताए । घाइते दुवै जनालाई पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा पठाउने तयारी भइरहेको प्रनी साहाले जानकारी दिए ।