पूर्वपोष्ट
ताप्लेजुङ, २६ बैशाख । नेकपा एमाले ताप्लेजुङमा भएको नेकपा एमालेको अधिवेशनबाट अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे विजयी भएका छन् ।
सोमबार देखि शुरु भएको अधिवेशनमा मंगलार निर्बाचन भएको थियो । मंगलबार राति सम्पन्न भएको मतगणनामा १ सय ८३ मत अर्थात २६ मत बढि प्राप्त दर्गै तुम्बाहाम्फे विजयी भए । ताम्बाहाम्फेका प्रतिद्धान्द्धि बलबहादुर साम्सोहाङले १ सय ५७ प्राप्त गरे ।
संविधान–सभा सदस्य समेत भएका तुम्बाहाम्फेले सरकारका पूर्वमन्त्री समेत रहेका साम्सोहाङलाई पराजित गरेका हुन् ।

उपाध्यक्षमा १ सय ७० मत प्राप्त गर्दै दिपेन्द्र पोमू (दीपेन) निर्वाचित भए, भने प्रतिद्धन्दी छत्रपति प्याकुरेलले १ सय ५४ मत प्राप्त गरे । पोमू आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष हुन् भने प्याकुरेल फुङलिङ नगरपालिकाका पूर्व नगर प्रमुख रहेका थिए । सचिवमा १ सय ६५ मत प्राप्त गरेर सन्तोष चाम्लिङ विजयी हुँदा भएका छन् । उनका निकटतम् प्रतिद्धन्दी मणिशंकर पोमूले १ सय ५९ मत पाएका थिए । पोमू निवर्तनमा जिल्ला कमिटी उपसचिव हुन् भने चाम्लिङ एमालेको सिरिजंघा गाउँकमिटी अध्यक्ष हुन् । उपसचिव (खुल्ला) मा सन्तोष प्रसाईलाई पराजित गर्दै गोपाल न्यौपानेले १ सय ६४ प्राप्त गरि निर्वाचित भए र्। प्रसाईले १ सय ५३ मत प्राप्त गरेका थिए । न्यौपाने युवा संघका स्थायी कमिटी सदस्य तथा प्रसाँई एमाले जिल्ला कमिटीका सचिवालय सदस्य थिए ।
उपसचिव महिलातर्फ भीमादेवी ओझाले १ सय ६६ मत प्राप्त गर्दै निर्वाचित भइन् । प्रतिद्धान्द्धि आङबुहाङले १ सय ५९ प्राप्त गरिन् । लेखा आयोगको अध्यक्षमा दीपक धिताल निर्वाचित भए । उनले दिवस भण्डारीलाई पराजित गरे ।
बलबहादुर साम्सुहाङको सवै प्यानलालाई हराउदै तुम्बाहाम्फेको सबै प्यानल बिजयी बनेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय