
इपूर्वपोष्ट
ताप्लेजुङ, २४ पुस । शिक्षा विधेयक देशको भाग्य र भविष्यसँग जोडिएकाले सदनमा गहन रुपमा छलफल गरेर मात्र पारित गर्ने प्रतिनिधिसभा सदस्य योगेश कुमार भट्टराईले बताउनुभएको छ ।
३३औं प्याब्सन दिवसको अवसरमा सदरमुकाम फुङलिङमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहेका भट्टराईले शिक्षा विधेयक ल्याउन अव पनि ढिला गरे शिक्षा क्षेत्र लथालिङ् हुने धारणा व्यक्त गर्नुभयो । २०२८ सालको शिक्षा ऐनमा आधारित शिक्षा प्रणाली लागू गरेर देशको शिक्षाले फड्को मार्न संम्भव छैन् ।
यद्यपी नयाँ विधेयकमा १ हजार ७ सय ५८ वटा बुँदामा संसोधनको माग उठेको छ । सदनमा १ सय ५२ जना सांसदले विधेयकमा संसोधन प्रस्तावका लागि नाम दर्ता गरेका छन् । भट्टराईले भन्नुभयो,‘शिक्षा र स्वास्थ्य मौलिक हकमै उल्लेख छ । तर तत्कालै राज्यले परिपूर्ती गर्न कठिन छ ।’ संविधानका मर्मअनुसार नै विषयगत कुरा किटान गरेर विधेयक पास गर्ने भट्टराईले बताउनुभयो ।
सोही कार्यक्रममा नेपाली काग्रेसका सभापति गजेन्द्र प्रसाद तुम्याङका अनुसार पहिले सैदान्तिक र आजभोली व्यवहारिक शिक्षाको सुरुवात भएको छ । तर सामुदायिक, संस्थागत र धार्मिक विद्यालयलाई कसरी व्यवस्थापन गर्ने चुनौती छ ।
फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले आफूलाई लागेको कुरा व्यक्त गर्ने माध्यम हो । तर नेपालमा अग्रेजी, चाइनिज, जापानिज र अरु भाषा अनिवार्य झै भएको छ । नेपाली भाषामा समस्या देखिने खतरा छ । नगरप्रमूख मादेनले भन्नुभयो,‘अग्रेजी राम्रो बोल्दैमा गुणस्तरीय शिक्षा हुँदैन् । कम्तीमा नेपाली भाषालाई उत्तिकै प्राथमिकतामा राखौ ।’
नेकपा माओवादी केन्द्रका फुङलिङ नगरपालिका इन्चार्ज बम वहादुर भट्टराईले, ‘कुनै पनि विषय शिक्षक अपडेट हुन सकोस । दक्ष विद्यार्थी उत्पादन मुख्य उदेश्य होस् ।’ शिक्षा क्षेत्रमा सामुदायिक र संस्थागत विद्यालयको उत्तिकै योगदान बताउनुभयो ।
पाथीभरा वहूमूखी क्याम्पसका क्याम्पस प्रमूख सजन पौडेलले जिल्लालाई एजुकेशन हव बनाउन सरकारले पहल गर्नुपर्ने बताउदै पौडेलले,‘झट्ट सुन्दा अपत्यारिलो लाग्ला । तर वातावरण र भुगोल अनुकल छ ।’ श्री भानु जन माविको प्राङ्गणमा रहेको आइटी भवनलाई आइटी कलेजमा रुपान्तरण गर्नुपर्ने उनले बताए ।
नेकपा एमालेका उप-सचिव मणिशङकर पोमूले देशमा दुई किसिमका प्रणाली भएको बताउदै हुने खाने र हुँदा खानेले शिक्षामा गर्ने लगानीमा आफूले फरक छु । नेपाल पत्रकार महासँघ अध्यक्ष आनन्द गौतमले नीजि विद्यालयप्रति अपेक्षा बढि हुने भएकाले आलोचना हुने गरेको बताए । अध्यक्ष गौतमले भने,‘जति बोर्डिङको आलोचना हुन्छ । उति नै अपेक्षा पनि ।’ यद्यपी बोर्डिङ अध्यनरत विद्यार्थीले अग्रेजी फरर बोल्न सक्ने बनाउनुपर्नेमा गौतमले जोड दिए ।
नेपाल शिक्षक महासँघका प्रतिनिधि शरदराज निरौलाका अनुसार सामुदायिक तथा संस्थागत दुवैको उदेश्य गुणस्तरीय शिक्षा प्रदान गर्नु हो । निरौलाले भने,‘संस्थागत विद्यालय हाम्रो प्रतिस्पर्धि हो । तर शिक्षामा प्रतिस्पर्धा स्वच्छ हुनुपर्छ ।’
फुङलिङ नगरपालिका सामाजिक विकास समिति संयोजक क्षितिज सुनुवारले संस्थागत विद्यालयमा विद्यार्थी बट्ल्न मात्र होइन,गुणस्तरीय शिक्षा प्रदानमा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । संस्थागत विद्यालयले कलेज पढ्दै गरेका विद्यार्थीलाई शिक्षकको रुपमा रोजगारी दिएको स्मरण गराए । वडा नं. ८ का वडाअध्यक्ष सुनुवारले भने,‘शिक्षामा गुणस्तरको कमि नहोस । शिक्षकको सेवा सुविधामा पनि ध्यान पुगोस । नगरसरकारले गर्ने सहयोगमा हामी सचेत छौ ।’
शिक्षा विकास तथा समन्वय इकाई प्रमूख योगेश्वर भटराईले मुलकको आवश्यकताअनुसार गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन सबैको चुनौती भएको सुनाए । भट्टराईले भने,‘सामुदायिक र संस्थागत फरक हो । तर उदेश्य एउटै हो ।’ फुङलिङ नगरपालिकाका निमित्त प्रमूख प्रशासकीय अधिकृत प्रकाश पौडेलले संस्थागत विद्यालयमा प्रतिभावान विद्यार्थी हुने गरेको बताए । संस्थागत विद्यालयले इम्समा कक्षा-८ को विद्यार्थीझै अरु कक्षाको पनि विस्तृत विवरण समावेश गर्नुपर्नेमा पौडेलले बताए । उनले भने,‘विद्यार्थी विवरण सरकारले बनाएको सिस्टममा देखिनुपर्छ । नत्र नीति तथा कार्यक्रम बनाउन कठिन छ ।’ प्याब्सनका केन्द्रिय सदस्य दिनेश भट्टराईले शिक्षा विधेयकले नीजि विद्यालय संञ्चालकले उठाएको माग सम्बोधन गर्नुपर्नेमा जोड दिए । प्याब्सन जिल्ला अध्यक्ष गणेश सिग्देलले भने,‘हामीले लगानीसँगै शिक्षामा भरोसा दिलाउन खोजेका छौ । तर हातखुट्टा बाध्नेगरिको विधेयक ल्याउने तयारी छ ।’ नेपालमा शिक्षा क्षेत्रको भद्रगोल अवस्था देखेर वर्षेनी लाखौ विद्यार्थी अध्यनका लागि बाहिर जाँदा मानव शक्ति र रेमिटेन्स बाहिरिदा देशले घाटा वेहोर्नुपरेको छ ।
शिक्षक विद्यार्थी सम्मान
नीजि विद्यालयमा लामो समय कार्यरत शिक्षक तथा गएको वर्षको एसईई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । कंञ्चनजंघा बोर्डिङ स्कुलकी यूना गुरुङलाई ५ हजारसहित सम्मान पत्र प्रदान गरेको छ । प्रतिनिधिसभा सदस्य तथा कार्यक्रमका प्रमूख अतिथि योगेश कुमार भट्टराई,फुङलिङ नगरपालिका प्रमूख अमिर मादेन र प्याब्सन अध्यक्ष गणेश सिग्देलले सम्मान प्रदान गरे । गुरुङले ३.८ जिपिए ल्याएकी थिइन् ।
ताप्लेजुङ सिद्धार्थ एकेडेमी उकालीपानीमा कार्यरत शिक्षक जानुका सुनुवारलाई ६ हजारसहित सम्मान प्रदान गरेको छ । ताप्लेजुङ बुद्ध बोर्डिङकी कार्यरत कुमारी गुरुङ,कंञ्चनजंघा बोर्डिङ स्कुलकी ऋिचा मेन्याङबो र मेची सेन्टमेरिज बोर्डिङ स्कुलकी करिश्मा लिम्बु तामाङलाई विशेष सम्मान गरेको छ । शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदरसहित सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरिएको हो । विगत वर्षमा विद्यार्थीबिच अतिरिक्त क्रियाकलाप गर्ने गरेको थियो । तर यस वर्ष पुस २६ गतेदेखि परिक्षा हुने भएकाले विद्यार्थीको कार्यक्रम समावेश नगरेको कोषअध्यक्ष चन्द्र मादेनले बताए । प्याब्सनका पूर्व केन्द्रिय सदस्य यूवराज गीरीले भने,‘यो वर्ष प्रत्येक विद्यालयमा स्यंम विद्यालयले कार्यक्रम समावेश गरेको पाइयो । त्यहीभएर प्याब्सन डे मा कार्यक्रम समावेश गरेनौ ।’