इपूर्वपोष्ट
ताप्लेजुङ, २२ पुस । आठराई त्रिवेणी गाउँपालिका-२ फुलबारीको रमितेमा रमिते सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ ।
गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमुले उत्घाटन गर्नुभएको सो स्वास्थ्य केन्द्रमा सर्व साधारणलाई सेवा दिन थालिएको छ । यता, सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि सो वडाका आम्बोटे, सिमलबोटे, खड्कुडे, धुसेनी, रमितेलगायत टोलका बासिन्दाले सेवा प्राप्त गरेका गाउँपालिका अध्यक्ष पोमूले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले स्वास्थ्य केन्द्रका लागि एकजना अहेब र एकजना अमनीको व्यवस्था समेत गरेको बताउनुभयो ।
यसैबीच गाउँपालिकाले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमअन्र्तगत शनिबार नै सो वडाका गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री उपलब्ध गराएको छ । पोषिलो खानेकुरा अण्डा, चनालगायत सरसफाइका सामग्रीसमेत रहेको पोषण तथा सरसफाइ ‘प्याकेज’ झोला बितरण गरिएको उपाध्यक्ष शान्ताकुमारी आङ्बुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य वडामा पनि लक्षित महिलालाई प्याकेज झोला वितरणलाई निरन्तरता दिईने समेत उपाध्यक्ष आङबुहाङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय