काठमाडौं । फिल्म र संगीत क्षेत्रका कलाकारहरुले सोमबार आ-आफ्नै स्टाइलमा फागूपर्व (होली) मनाएका छन् ।

अभिनेता राजेश हमालले कपुरधारास्थित निवासमा आइपुगेका फिल्मकर्मीसँग रङ साटासाट गर्दै होली मनाए । अभिनेत्रीद्वय रेखा थापा र श्वेता खड्काले सँगै होली मनाए । अभिनेत्री मनीषा कोइरालाले सपरिवार होली मनाइन् । मनीषासँग होली मनाउन कांग्रेस नेतृ सुजाता कोइराला पनि पुगेकी थिइन् ।

फिल्म ‘छक्कापञ्जा ४’का कलाकारहरु निर्मल शर्मा, दीपाश्री निरौला,बेनिशा हमाल,केदार घिमिरेले बानेश्वर चोकमा आयोजित होली विशेष कार्यक्रममा भाग लिए । दीपकराज गिरी भने रेडियोले आयोजना गरेको होली कार्यक्रममा प्रस्तुत भए ।

श्वेता खड्का (बायाँ) र रेखा थापा ।

गायकहरु प्रमोद खरेल, कुलेन्द्र विश्वकर्मा, राजेशपायल राई लगायतले रेडियोको होली कार्यक्रममा भाग लिए ।

थुनामुक्त भएपछि अभिनेता पल शाहले काठमाडौंस्थित निवासमै सपरिवार होली मनाए । उनीसँग होली मनाउन उनी निकट फिल्म र संगीतकर्मी पुगेका थिए । कलाकारहरु रचना रिमाल, वर्षा राउत, वर्षा शिवाकोटी, शुभेच्छा खड्का, सञ्चिता लुइटेल, मिस नेपाल प्रियंकारानी जोशीले पनि परिवार र साथीहरुसँग होली मनाए ।

राजेश हमाल टीका लगाउँदै ।
आर्यन सिग्देल पत्नी सपनासँग ।

 

अभिनेत्री वर्षा सिवाकोटी ।
गायिका रचना रिमाल ।
स्वस्तिमा खड्का ।
अभिनेत्री मनीषा कोइराला नेतृ सुजाता र बुहारीसँग होली मनाउँदै (बायाँ) र मिस नेपाल प्रियंकारानी जोशी परिवारसँग ।
‘छक्कापञ्जा ४’ को होली कार्यक्रममा अभिनेत्रीद्धय बेनिशा हमाल, परिक्षा लिम्बु (बायाँ) र वर्षा राउत परिवारसँग ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय