मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
रमणीय र टाढाको यात्रा फलदायी हुँदैन । आकस्मिक धन लाभ हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज शुभ समाचार सुन्न पाइनेछ । मनोरञ्जनको क्षेत्रमा सहभागी भइनेछ ।
पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ ।
नियमित खर्चसमेत बढ्ने योग रहेको छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ ।
धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन पनि लाग्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज अतिथिका रूपमा सम्मान पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।
जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ,
तर आफन्तको सहयोग र धन हात पार्न पनि सक्छ ।

श्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ ।
कुनै कुराले अनुहारमा कान्ति पनि छाउनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।
लगानी गर्ने समय पनि छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज स्वास्थ्यमा समस्या आउनसक्छ, स्वास्थ्य प्रति सचेत रहनु पर्छ, तर तीर्थाटनको योग छ ।
साँझमा शुभ र नयाँ समाचार पनि पाइनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । । वैदेशिक व्यापार र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ ।
शुभकार्यको चर्चा पनि चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय