
ईपूर्वपोष्ट
ताप्लेजुङ, वैशाख १० गते । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनले राजिनामाको घोषणा गर्नु भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वडा सदस्यका लागि उम्मेद्वारी दिने तयारीका साथ पदबाट राजिनामा दिनुभएको मादेनले जानकारी दिनुभयो ।
उहाँले २०७४ साल साउन २१ गते समन्वय समितिको प्रमुखमा सपथ ग्रहण गर्नू भएको थियो । यस्तै मादेनले ४ वर्ष ८ महिना १९ दिन जिम्मेवारी सम्हाल्नु भएको थियो । निर्वाचन आयोगको निर्णय अनुसार पुन दोहोरिन चाहाने जनप्रतिनिधिले उम्मेद्वारी दिनका लागि राजिनामा दिने क्रम बढ्दै छ । केही दिन अघि मात्रै पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर कुमार मेन्याङवो र उपाध्यक्ष रनमाया गुरुङले समेत राजीनामा दिनुभएको छ । उहाँहरुलाई पार्टीले क्रमश प्रमुख र उपप्रमुख पदका लागि टिकट प्रदान गरेसँगै पदबाट राजीनामा दिनुभएको हो ।