ईपूर्वपोष्ट
ताप्लेजुङ, ५ बैशाख । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं २ मा सोमबार दिउसो दुई घरमा आगलागी हुदा लाखौंबराबरको क्षति भएको छ । आगलागीमा परी मयामे गुरागाँइ भनेर चिनिने बाबुराम गुरागाँइ र भगिरथ गुरागाँइको घर मतान जलेर नष्ट भएको उनका छिमेकी हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
घर सगै आगोलागिबाट घरमा मानिस नभएको बेला आगालागी भएका कारण बाख्रा अन्नपात, लत्ता कपडा सहित सबै जलेर खरानी भएको जिल्ला प्रहरीले जनाएको छ । लागोलागिबाट एउटा भैंसी दाम्लो चुडाएर बाचेको छ । गोठमा रहेका बस्तु भाउ, घरमा रहेका अन्नपात र लत्ताकपडा जोगाउन नसकिएको घिमिरेले जानकारी दिनुभयो । करिव २० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । तर, बास्तविक क्षतिको विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय