
ईपूर्वपोष्ट
ताप्लेजुङ, १४ चैत्र । पाथीभरा दर्शन गर्न आएका एक जना व्यक्तिको पाथीभरा परिसरमा लडेर मृत्यु भएको छ । सुनसरीको इटहरी उप-महानगरपालिका–८ का खिनबहादुर ढुंगानाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार ६० वर्षीय ढुंगाना मन्दिर परिक्रमा गर्ने क्रममा ढलेका थिए ।
प्राथमिक उपचार केन्द्र माथिल्लो फेदीबाट गएका स्वास्थ्यकर्मी उमानाथ पौडेलका अनुसार ढुंगानालाई प्रारम्भिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइ पु¥याउदा मृत भएको चिकित्सले घोषणा गरेका थिए । उनको शव शव गृहमा राखिएको अधिकारीले बताए ।
३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा उकालो जानेक्रममा लेक लागेको हुनसक्ने चिकित्सको अनुमान छ । ढुंगाना परिवार सहित पाथीभरा दर्शनमा आएका थिए । आइतबार माथिल्लो फेदीमा बसेर सोमबार बिहान उनी मन्दिर दर्शनका लागि गएका पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणी काफ्लेले बताउनुभयो ।