
काठमाडौं,४ माघ ।. पछिल्लो २४ घण्टामा थप दश हजार २५८ जना कोरोना संक्रमित थपिएका छन्। २२ हजार ८२८ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट १७ हजार ८७२ जनामा परीक्षण गर्दा आठ हजार ७३० जना तथा एन्टिजेन विधिबाट चार हजार ९५६ जनामा परीक्षण गर्दा एक हजार ५२८ जनामा संक्रमण पुष्टि भएको हो।
यस अवधिमा एक संक्रमितको मृत्यु भएको मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। यसैगरी, ५६२ जना संक्रमणमुक्त हुँदा सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ। आज नेपालमा दुई लाख १३ हजार १४८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।