इपूर्वपोष्ट
ताप्लेजुङ, २७ पुस । ताप्लेजुङमा जिल्ला प्रशासन कार्यालयले २५ जना भन्दा वढी भेला हुन रोक लगाएको छ । अर्को सूचना जारी नहुन्जेल प्रशासन कार्यालयले २५ जना भन्दा बढि भेला हुन, विभिन्न कार्यक्रमहरु गर्न नपाउने सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो ।
प्रजिअ पाण्डेले कोभिडको बढ्दो चापलाई मध्यनजर गर्दै अत्यवश्यक रुपमा नियमित कार्यक्रम गर्नु परे प्रशासनको अनुमति लिएर मात्र गर्नु पर्ने बताउनुभायो ।
माघ ७ गते देखि सर्बजनिक सेवा प्राप्त गर्न खोपकार्ड अनिबार्य गरेको समेत प्रजिअ पाण्डेले बताउनुभयो । कुनै पनि सार्वजनिक ठाउँमा जादाँ अनिबार्य खोपकार्ड समेत देखाउपर्ने बताउनुभयो । प्रशासन कार्यालयले खोप नलाएका १२ बर्ष माथिका व्यक्तिहरुले खोपलाएर सुरक्षित हुन समेत जिल्ला बासिमा आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय