ईपूर्वपोष्ट
ताप्लेजुङ २४ पुष । नेकपा एस ताप्लेजुङले जिल्लामा सात वटा भातृ संगठनहरु निर्माण गर्दै पार्टीले संगठन विस्तारलाई तीव्रता दिएको छ ।
नेकपा एस ताप्लेजुङले भातृ संगठनहरु निर्माण गर्ने क्रममा निरज शेर्पाको अध्यक्षतामा युवा संघ नेपाल, निता सिवाको अध्यक्षतामा अखिल नेपाल महिला संघ, सुर्य बरायलीको अध्यक्षतामा अनेरास्ववियु निर्माण गरेको छ ।
त्यस्तै दिनेश खातीको अध्यक्षतामा नेपाल दलित मुक्ति संगठन, शंकर भट्टराईको अध्यक्षतामा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, चन्द्रप्रकाश तुम्बाहाम्फेको अध्यक्षतामा अखिल नेपाल किसान महाँसंघ, शान्तिराम नेपालको अध्यक्षतामा पेशागत महाँसंघ नेपाल गठन गरेर जिल्ला स्तरका आफ्ना भातृ संगठनहरु निर्माण कार्यलाई तिब्रता दिएको छ, भने चाँडै साँस्कृतिक संगठन र अन्य संगठनहरु गठन गरिने पार्टीका जिल्ला अध्यक्ष छिरिङ लामाले बताउनुभयो ।
ताप्लेजुङका नौ स्थानीय तहहरु मध्ये पाँच वटा स्थानीय तहमा पार्टीले आफ्नो संगठन विस्तार गरिसकेको छ । पार्टीले चक्र मोत्तानको अध्यक्षतामा आठराई त्रिवेणी गाउँपालिका, उदय प्रकाश तुम्बाहाम्फेको अध्यक्षतामा मेरिङदेन गाउँपालिका, मुकुन्द भट्टराईको अध्यक्षतामा मिक्वा खोला गाउँपालिका, गणेश राईको अध्यक्षतामा मैवाखोला गाउँपालिका र त्रिलोचन गुरागाईको अध्यक्षतामा फुङलिङ नगरपालिकाको पालिका स्तरीय पार्टी कमिटी गठन गरेको अध्यक्ष शेर्पाले बताउनुभयो ।
संगठन विस्तारका कामहरु भईरहेका र कतपय ठाउँहरुमा वडा स्तरीय र टोल स्तरीय संगठनहरु बनेर काम भइरहेको साथै बाँकी चार वटा गाउँपालिकामा समेत जन सम्पर्क बढ्दै गएको र निकट केहि दिनमा संगठन विस्तार हुने जिल्ला कमिटी सचिव मोहन न्यौपानेले बताउनु भएको छ ।
कमिटीको तेस्रो बैठक समेत पुष २३ गते साझ सम्पन्न भएको छ । बैठकमा केन्द्रीय सदस्य खेम वनेम अनुशासन विभागका केन्द्रीय सदस्य हर्क याक्सो लगायतका केन्द्रीय नेता, प्रदेश सदस्यहरुको उपस्थिति थियो । यस बैठकले पार्टीका विगतका कामहरुको समिक्षा गर्दै आगामी दिनका कामको योजना सहितका निर्णयहरु गरेको छ । बैठकले फाल्गुण १३ र १४ गते जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय