
इपूर्वपोष्ट
ताप्लेजुङ, १६ मंसिर । २०७८ साल कार्तिक मसान्त सम्ममा ताप्लेजुङमा ८६ हजार ९३ जना मतदाता रहेका छन् । जिल्ला निर्बाचन कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा ४५ हजार ६ सय ४७ पुरुष र ४० हजार ४ सय ४६ जना महिला मतदाता रहेका हुन ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ७० हजार ७ सय ७९ मतदाता रहेका थिए । २०७८ सालको कार्तिक महिना सम्मा १५ हजार ३ सय १४ मतदाता थपिएको निर्बाचन कार्यालयले बताएको छ ।
जिल्लाका एक नगरपालिका र ८ गाउँपालिका सहित ९ स्थानीय तहमा सबैभन्दा बढी मतदाता फुङ्लिङ नगरपालिकामा रहेको निर्बाचन कार्यालयले बताएको छ ।
फुङलिङमा १६ हजार ९ सय ४१ जना मतदाता रहेका छन भने त्यसपछि सिरिजंगा गाउँपालिकामा ११ हजार २ सय ७५मतदाता रहेको निर्बाचन कार्यालयले बताएको छ । आठराइ त्रिबेणीमा ९ हजार ३ सय ५७, पाथीभरा याङ्वरक गाउँपालिकामा ९ हजार १ सय २२, फक्ताङ्लुङ गाउँपालिकामा ८ हजार ६ सय ७९ र सिदिङ्वा गाउँपालिकामा ८ हजार ५ सय ७९ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
उता, मेरिङ्देन गाउँपालिकामा ८ हजार ३ सय २७, रहेका छन् । मैवाखोला गाउँपालिकामा ७ हजार २ सय ७९ र मिक्वाखोला गाउँपालिकामा ६ हजार ४ सय ६४ जना मतदाता रहेको निर्वाचन कार्यालयले बताएको छ ।
निर्बाचनमा नाम दर्ता हुन छुटेका उमेर पुगेका मतदाताहरुका लागि जिल्ला निर्वाचन कार्यालयले ८ वटा गाउँपालिकाका केन्द्रमार्फत मंसिर १७ गतेदेखि दुई चरणमा मतदाता नामावली समेत संकलन बताएको छ ।
पहिलो चरणमा मंसिर १७ गते देखि २६ गते मैवाखोला गाउँपालिकाको केन्द्र साँघुपाटी, मिक्वाखोला गाउँपालिकाको केन्द्र सावा थलङ, फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र तापेथोक र सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु भञ्ज्याङमा मतदाता नामावली दर्ता गरिने बताईएको छ ।
यस्तै दोस्रो चरणमा मंसिर २९ गतेदेखि पुष ९ गतेसम्म पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बु, सिरिजंगा गाउँपालिकाको केन्द्र तेल्लोक, आठराइ त्रिबेणी गाउँपालिकाको केन्द्र हाङ्पाङ र मेरिङ्देन गाउँपालिकाको केन्द्र सुलुम्फी सान्थाक्रामा मतदाता नामावली संकलन कार्य गरिने निर्बाचन कार्यालयले बताएको छ ।