
इपूर्ववपोष्ट
ताप्लेजुङ, २८ असोज । ताप्लेजुङको फुङलिङ बजारबाट सिरिजंघा गाउँपालिका तेल्लोक जाँदै गरेको जीप मेची राजमार्गको लेङ्बामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।को १ ज २०५६ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका १८ जनामध्ये ९ गम्भीर छन् । गम्भिर घाईते भएका सात जनालाई जिल्ला बाहिर रेफर गरिएको छ ।
दुर्घटनामा गर्भवतीसहित नौ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा सिरिजङ्घा गाउँपालिका ६ मामाङ्खेकी २५ वर्षीया विमला लिम्बू, मामाङ्खेकै ३० वर्षीय सन्त लिम्बू, २६ वर्षीया प्रमिला लिम्बू, २७ वर्षीय सञ्जीव लिम्बू रहेका छन् ।
यस्तै फुङ्लिङ नगरपालिका–४ का १४ वर्षीय अब्दुल अलि, ३१ वर्षीया नम्रता बस्नेत, ३८ वर्षीय चन्द्र बस्नेत, १३ वर्षीय रिपब्लिक बस्नेत र सात वर्षीय रोशन बस्नेत गम्भीर घाइते भएका छन् । जीप चालक फुङ्लिङ नगरपालिका ८ का ३८ वर्षीय डिल्लीविक्रम सुनुवार सामान्य घाइते हुनुभएको छ ।
ब्रेक फेल भएर जीप दुर्घटना भएको हुन सक्ने बताइएको छ । घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।
गम्भीर घाइतेहरूलाई जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
सातजना रेफर
घाईते मध्ये ७ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।
रेफर गरिएकामा फुङलिङ नगरपालिका ४ का ३८ वर्षीय चन्द्र बस्नेत, ३१ वर्षीया नम्रता बस्नेत, १३ वर्षीय रिपब्लिक बस्नेत, ७ वर्षका रोमन बस्नेत, १७ वर्षीय अब्दुल अरी, सिरीजंघा गाउँपालिका ८ का ३० वर्षीय सन्तमाबो लिम्बू र चालकफुनपा ८ का ३८ वर्षिय डिल्ली विक्रम सुनुवारलाई जिल्ला अस्पताल ताप्लेजुङले सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख भिम खत्रीले जानकारी दिए ।
खत्रीका अनुसार अनुसन्धान अनुसार ब्रेक फेल भएर झरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।