ईपूर्वपोष्ट
ताप्लेजुङ, १८ असोज । ताप्लेजुङ नेपाली काग्रेसको १४ औं जिल्ला अबिधेसनमा संस्थापक पक्षका गजेन्द्र तुम्याहाङले ५८८ मत प्राप्त गरि निर्बाचीत हुन भएको छ । उहाँले छबिलाल गुरुङलाई पराजीत गर्नु भएको हो । गुरुङले ४३० मत प्राप्त गर्नु भएको थियो । जिल्ला उपसभापतिमा डिल्लि रमण बरालले ५२८ तथा अर्का उपसभापतिका उम्मेरदवरा गणेश बहादुर लिम्बुले ५३३ मत प्राप्त गरि निर्बाचित हुनुभएको छ । उपसभापतिका उम्मेदवार चन्द्रमान खोयाङ र रविन्द्र केदेमले क्रमसः ४३० र ३९५ मत प्राप्त गरि पराजीत हुनुभएको छ ।
उता, सचिबमा डम्बर हाङगाम ५८९ मत ल्याई विजय हुनुभएको छ भने अर्का सचिबका उम्मेदवार नन्दकुमार ओझाले ४४२ मत प्राप्त गरि निर्बाच हुनु भएको छ । सचिबका उम्मेदवार चक्रबहादुर खत्रि र मात्रिका शेर्पाले क्रमसः ३९६ र ४२२ मत प्राप्त गर्नु भएको थियो । यता, सहसचिबमा तेजबहादुर सुनुवार (जंघ) ले ६३८ मत र नन्दकुमार आङबुहाङले ४९४ मत ल्याई विजय हासिल गर्नु भएको छ । उहाँहरुका प्रतिद्धन्दि जैनारायण नाल्बो र यामबहादुर लिम्बुले क्रमसः ४२४ र ३३७ मत प्राप्त गर्नु भएको छ । जिल्लामा १०८१ मतदाता रहेकोमा १०३७ मत खसेको थियो । नेपाली काग्रेस जिल्ला निर्बाचनको सम्पुर्ण विवरण तल हेर्नुहोस् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय