
इपूर्वपोष्ट
ताप्लेजुङ, १७ असोज । ताप्लेजुङमा नेपाली काग्रेसको १४ औं जिल्ला अबिधेसनको पदाधीकारीहरुको मत गणना सुचारु रहेको छ । ४ सय मतगणना हुदा सभापतिमा गजेन्द्र तुम्याहाङको अग्रता कायम नै रहेको छ । उहाँले सहिले सम्ममा २३४ मत प्राप्त गर्नु भएको छ । भने उहाँका प्रतिद्धन्दि छविलाल गुरुङले १६० मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै उपभापतिमा रविन्द्रकुमार वनेमको १५६, डिल्लि रमण बराल २०८, गणेशबहादुर लिम्बुुले २०५ र चन्द्रमान खोयाङ १५८ मत प्राप्त गर्नु भएको छ । त्यस्ते सचिबमा डम्बर हाङगामले २५०, नन्दकुमार ओझाले १७१, चक्र भट्टराईले १५३ र मातृका शेर्पाले १६० मत प्राप्त गर्नु भएको छ ।
सहसचिबमा नन्दकुमार आङबुहाङले १८१, जंग सुनवारले २६५, जयनाराण नाल्बोले १५४ र यामबहादुर लिम्बुले १२२ मत प्राप्त गर्नु भएको छ । जिल्लामा १०८१ मतदाता रहेकोमा १०३७ मत खसेको छ ।