ताप्लेजुङ, २६ भदौ । ताप्लेजुङको नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी)जिल्ला कमिटी अध्यक्षमा छिरिङ लामा चयन हुनु भएको छ । ताप्लेजुङ उद्योग बाणिज्य संघको सभाहलमा शनिवार अगुवा कार्यकर्ता भेलाले लामालाई अध्यक्ष चयन गरेको हो । जिल्ला कमिटीमा अध्यक्ष सहित ७२ जनाको रहेका छन् ।

सो भेलाले उपाध्यक्षमा दुर्गा चोङ्वाङ र मञ्जु पौडेल भट्टराईलाइ चयन गरेको छ । सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे चयन हुनु भएको बताईएको छ । नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी)केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय