
ताप्लेजुङ, २२ भदौ । ताप्लेजुङ जिल्लाबाट ‘कमेडी च्याम्पियन’ सिजन २ मा सहभागी भई फाईनलमा पुगेका प्रतिस्पर्धी भरतमणी पौडेललाई आफ्नै जिल्लामा भब्य स्वागत गरिएको छ ।
मंगलबार आफ्नो जन्म जिल्ला आईपुगेका भरतमणी पौंडेललाई जिल्लाबासीले भव्य स्वागत गरेकाछन् । काठमाण्डौंबाट तराईका विभिन्न जिल्लामा भोट माग्नका लागि आफ्नो जिल्ला आईपुगेका भरतमणीलाई जिल्ला बासिले स्वागत गरेका हुन् ।
सदरमुकाम फुङलिङमा नौ मति लगायतका साँस्कृतिक बाजागाजा सहित स्वागत तथा सम्मान स्व?प पौडेललाई बजार परिक्रमा गराईएको थियो । सदरमुकाम आईपुग्नु अघि पाँचथर संगको सीमावर्ती काबेली बजारमा सयौँ युवाह? बाईक ¥याली सहित स्वागत गर्न पुगेको बताईन्छ ।
‘कमेडी च्याम्पियन’ सिजन २ मा पौडेलको प्रस्तुति हेरेर सन्तुष्ट बनेका जिल्लाबासीले बिजय प्राप्तिका लागि शुभकामना समेत दिएकाछन् । यस्तै बजार परिक्रमा पछि सदरमुकाम स्थित विरेन्द्र चौकमा आयोजित कार्यक्रममा धरै शुभचिन्तकले जीतको शुभकामना दिएका थिए ।
एमाले नेता गोकुल बास्कोटा, पुर्वयुवराज पारस शाह लगायतको क्यारिकेचर गरेर एकाएक चर्चामा आएका पौडेलले आफ्नो कलाकारिताको माध्ययमबाट जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने समेत बताउनुभयो ।
ताप्लेजुङ जिल्ला धार्मिक, साँस्कृतिक एवं प्राकृतिक हिसाबले धनी छ । तर, प्रचार प्रसारका अभावमा धेरै पछाठी परेको छ । यस्ता पीछडीएका क्षेत्रलाई प्रचार–प्रसार गर्न सके पर्यटन प्रर्वद्धनमा पु¥याउ समेत भरतमणीले बताउनुभयो । उहाँले यस्तै देश विदेशमा रहेका आम नेपाली दाजुभाईलाई समेत उहाँले भोटका लागि अपिल गर्नुभएको छ । कमेडी च्याम्पियनको बिजेता बने पनि नबने पनि नेपाली कलाकारिताको क्षेत्रलाई सँधै न्याय गर्ने भरतमणीले बताउनुभयो ।
स्थानीय रेडियो तमोर १०२ स्टेशनमा हास्यब्यंग्य कार्यक्रम चलाउँदा चलाउँदै पढाईका लागि काठमाण्डौ पुग्नुभएका पौडेलले पढाई संगै रेडियो कार्यक्रम र स्टेज कार्यक्रमलाई निरन्तरता दिदै आउनुभएको थियो । यसै क्रममा कमेडी च्याम्पियनको सिजन २ मा प्रतिस्पर्धा गर्न पुग्नुभएका उहाँले यसअघि पारस शाहको क्यारिकेचर गरेर उत्कृष्ट ४ बाट भोट बिनानै फाईनलमा प्रवेश गर्नुभएको छ । अब पौडेल संगै विक्की अग्रवाल र सन्तोष थापा उहाका प्रतिस्पर्धी रहेका छन् ।
पत्रकार महासंघ ताप्लेजुङले समेत पौडेललाई स्वागत तथा सम्मान गरेको छ । महासंघले एक कार्यक्रमको आयोजना गरि स्वागत गर्दै शुभकामना व्यक्त गरेको छ । पौडेल नेपाल पत्रकार महासंघ ताप्लेजुङका साधारण सदस्य समेत रहनुभएको छ ।