
इपूर्वपोष्ट
ताप्लेजुङ, १७ भदौं । ताप्लेजुङमा निर्माण भईरहेको सानिमा हाईड्रो पावरमा काम गर्ने एक जना मजदुरको मृत्यु भएको छ । भान्सामा काम गर्ने क्रममा माथिबाट आएको ढुङ्गले किचेर मृत्यु भएको हो ।
ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं. १ सावादिनका ४४ बर्षका खगप्रसाद तामाङको मृत्यु भएको हो । विहिबार तामाङको हाईड्रो पावरको भान्सा कोठामा काम गरिरहेको बेला माथिबाट ढुङ्गा खसेर किचेको र उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत खगप्रसाद लाई पोष्टमार्टको लागि जिल्ला अस्पताल ल्याईएको छ । उनि हाईड्रपावरमा खाना पकाउने काम गर्दै आएका थिए ।