
इपूर्वपोष्ट
ताप्लेजुङ, १६ भदौ । ताप्लेजुङ जिल्लामा नेपाली काग्रेसको १४ औँ महाधिवेशन अन्तरगत वडा अधिवेशनको मिति नजिकिदै जादा काँग्रेसमा चहलपहल बढेको छ । नेता कार्यकर्ताको भेटघाट र छलफल पनि बाक्लिदै गएको छ । वडाको अधिबेशन आउन लाग्दा काग्रेसमा चहलपहल र भेटघाट बाक्लिएको हो ।
उता, नेपाली काँग्रेसका क्रियाशिल सदस्य समेत जिल्लामा बढेको बताईएको छ । हाल जिल्ला भरीको सक्रिय सदस्य संख्या ५ हजार ४३४ पुगेको छ । यो पटक ३ हजार ३४६ जनाले काँग्रेसको क्रियाशिल सदस्यता लिएका छन् भने २ हजार ८८ जनाले नविकरण गराएकाछन् ।
नयाँ क्रियाशिल सदस्यता पाउनेमा धेरैजसो युवाको संख्या धेरै रहेको काँग्रेस ताप्लेजुङले जनाएको छ । क्रियाशिल सदस्य संख्यालाई दोब्बर बनाउने पार्टीको लक्ष्य अन्य पार्टी परित्याग गरेर आउनेको संख्या समेत बढेकाले यो पटक क्रियाशिल सदस्यको संख्या बढेको काँग्रेस सभापति लीलादेवी बोखिमले बताउनुभयो ।
सक्रिय सदस्य नविकरण नगर्नेको संख्या पनि निकै छ । करिब ८ सय बढिले भने क्रियाशिल सदस्यता नविकरण गरेका छैनन् । पार्टी सचिव छबी गुरुङले अघिल्लो महाधिवेशनका बेला जिल्लामा २ हजार ९४५ क्रियाशिल सदस्य थिए । ति मध्य २ हजार ८८ ले मात्र नविकरण गराएको बताउनुभयो । यहाँ रहेका एक नगरपालिका सहित ९ वटा स्थानीय तह मध्य सबै भन्दा बढि फुङलिङ नगरपालिकामा १ हजार ३६ र सबै भन्दा न्युन मैवाखोला गाउँपालिकामा ३०२ जना क्रियाशिल सदस्य संख्या रहेको बताईएको छ ।
जिल्लाका ९ स्थानीय तहका ६१ वडा मध्य सबै भन्दा बढि सिदिङ्वा गाउँपालिका–६ का ११६ जनाले र सबै भन्दा न्युन मिक्वाखोला गाउँपालिका ५ का १८ जनाले नयाँ क्रियाशिल सदस्यता लिएको बताईन्छ ।