ईपूर्वपोष्ट
मोरङ, ११ भदौं । ताप्लेजुङ जिल्लाका नेकपा एमालेका अध्यक्ष तथा जिल्लाबाट निर्बाचित प्रदेश नं. १ का साम्सद बलबहादुर साम्सुहाङलाई र तेह्रथुम जिल्लाका अध्यक्ष तथा प्रदेश साम्सद लछुमन तिवारी मन्त्रि बनेका छन् ।
पहाडी जिल्लाका यी दुई नेताले पहिलो चरणमै प्रदेश–१ को नयाँ सरकारमा मन्त्री हुने अवसर पाएका छन् । ताप्लेजुङका साम्सोहाङ सामाजिक विकास मन्त्री बन्नुभएको छ भने तेह्रथुमका तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त हुनुभएको छ ।
दुवै मन्त्रीको शपथ ग्रहण लिई सकेको बताईएको छ । उनीहरुलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्री भीम आचार्यको उपस्थितिमा शपथ खुवाउनुभएको थियो ।
शुरुमा तीन मन्त्री बनाउने कुरा भए पनि दुई जनाको नाममा सहमति भएको हो । आचार्यले बिहीबार मात्रै मुख्यमन्त्रीको शपथ लिएर काम थाल्नुभएको हो । संखुवासभाका सांसद तुलसी न्यौपाने, उदयपुरका बिमल कार्की र मोरङका जीवन घिमिरेलाई पनि मन्त्री बनाउन दबाब आएको बताईएको छ । यी नामबारे पनि छलफल भइरहेको मुख्यमन्त्री आचार्य निकट श्रोतले जानकारी दियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय