इटहरी, १० भदौं । प्रदेश १ को मुख्यमन्त्रीका रुपमा सपथ लिईदै गर्दा नेकपा एमालेका प्रदेश १ संसदीय दलका नेता भीम आचार्यका भाइ मृत फेला परेका छन् ।

आचार्यका ५९ वर्षीय भाइ रामप्रसाद आचार्य सुनसरीको इनरुवा नगरपालिका ३ स्थित आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सञ्जयसिंह थापाका अनुसार आफ्नै घरको कोठामा भित्रबाट चुकुल लगाइएको अवस्थामा आचार्यको शव फेला परेको हो । विगतमा मानसिक रोगको उपचार गराई हाल घरमै खेतिकिसानी गर्दै आएका आचार्य नेकपा एमाले इनरुवा नगर कमिटीका भूतपूर्व सचिवसमेत हुन् ।

उनले इन्सेक नामक मानव अधिकारवादी संस्थामा कर्मचारीका रुपमा पनि काम गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगी अनुसन्धान सुरु गरेको एसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय