ताप्लेजुङ, ५ भदौ । नेकपा एमाले ताप्लेजुङले विधान सम्सोधन सम्बन्धि शुझाब संकलन कर्यायक्रम सम्पन्न गरेको छ ।
शनिबार जिल्लाको सिटिहलमा सम्पन्न कार्यक्रममा नेकपा एमालेको २०७८ साउन २५ को केन्द्रीय कमिटी बैठकले पारित गरेको बिधान शंसोधन सम्वन्धी प्रस्तावमा तल्ला तहका कमिटीको राय लिन छलफल कार्यक्रम गरिएको एमालेका केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वोले बताउनुभयो ।
बिधानको प्रस्तावना, परिभाषा, बिधान महाधिबेशन र राष्ट्रिय महाधिबेशन सम्वन्धी व्यवस्था, केन्द्रीय कमिटी महाधिबेशन प्रतिनिधि परिषद्, केन्द्रीय अनुशासन, लेखा परीक्षण र निर्वाचन आयोग सम्वन्धी व्यवस्था सहितका बिषयमा अगुवा कार्यकर्ताहरुको सुझाव संकलन गरिएको एमाले केन्द्रीय सदस्य पासाङ शेर्पाले बताउनुभयो ।
कार्यक्रममा पूर्व राज्यमन्त्री ओङ्दी शेर्पा, सभाषद् डम्बरध्वोज तुम्बाहाम्फे, जिल्ला समन्वय सिमिति प्रमुख घनेन्द्र मादेन, फुङलिङ नगरप्रमुख छत्रपति प्याकुरेल लगायत स्थानीय तहका पदाधिकारीहरु, एमाले प्रदेश कमिटीका सदस्यहरु, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन समन्वय कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको एमाले ताप्लेजुङका जिल्ला अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय