
काठमाडौं । नेपालको पूर्वदेखि पश्चिमसम्म मध्य पहाडी भेगमा पाईने बाबालाई खरी बाख्रा भनिन्छ । यसलाई कतै कतै पहाड़ी बाख्रा पनि भनिन्छ । देशमा कूल बाख्रा संख्याको सर्वाधिक ५६% बाख्रा यस जातका छन् ।
छनोट प्रजनन भनेको के हो ?
बधान वा समुहमा पालिएका बाख्राहरु मध्येबाट बढी उत्पादन दिने बोका र बाख्रीहरु छनौट गरी त्यसबाट बाली लगाउने र पाठा पाठी उत्पादन गर्ने प्रकृया नै छनोट प्रजनन् हो । विदेशी जातका बाख्राहरुबाट क्रस गराएर जन्मिएका पाठा पाठीहरु पहाडी हावापानी र चरनमा राम्ररी नसप्रिने र त्यस्ता पाठापाठीहरु ढिलो बालि जाने र बेतमा एउटा मात्र पाठा पाठी जन्माउने भएकाले छिटो वाली जाने र जुमल्याहा जन्माउने एवं जुका, रोग, किना सहन सक्ने गुण भएको र स्थानीय आहारा र रेखदेखमा पनि राम्ररी सप्रन सक्ने क्षमता भएको हुनाले खरी बाख्रामा छनौट राम्रो देखिएको हो ।
खरी बाखा छनोट गरीने आधारहरू
१. खरी बाख्राको बथान प्रति समूहमा विद्यमान रहेको तौलमा भिन्नता (धेरै सानो र ठूलो हुने गुण) ।
२. तौलको बंशाणुगत गुण बाबु आमाबाट पाठा पाठीमा राम्ररी र बढी मात्रामा सर्न सक्ने ।
३. जन्म, ४ र ६ महिनाको तौलको आधारमा नै बीउका लागी पाठा पाठी छान्न सकिने (ठुलो हुन्जेल पर्खन नपर्ने) ।
बीउका लागि पाठा पाठी छान्ने आधारहरू
१. पाठा पाठीहरु छनौट गर्दा जुम्ल्याहा जन्मेका बच्चाहरु मध्येबाट छान्ने ।
२. पाठा र पाठी छान्दा जन्म तौल, ४ महीना र ६ महिनाको तौलमा बयानमा सबैभन्दा बढी भएको मध्येबाट बीउको लागी छान्ने ।
छानिएका पाठा पाठीहरूको बीउमा प्रयोग
१. बीउको बोकालाई बाख्रीहरुसँग चरनमा नछाडने
२. चराउनै पर्ने भए बोका र खसीलाई मात्र एकै ठाउमा राखी चरनमा लाने ।
३. बोका र बाख्रीको अनुपात बचानमा एक र बीस (१:२०) को राख्ने ।
छानिएका पाठापाठीको हेर विचार
क. समय समयमा पि.पि.आर, खोरेत विरुद्ध खोप लगाउने र औषधी खुवाउने र वर्षको दुई पटक जुकाको ।
ख. खोरलाई ओभानो राख्ने र हावाको आदान प्रदान हुने बनाउने ।
ग. वाली लाग्ने सिजनमा बोकालाई थप दाना (२००-२५० ग्राम चलेको दिनमा) को व्यवस्था गर्ने ।
कृषकको घर दैलोमा प्राप्त नतिजाहरु
१. ४र६ महिनाको तौलमा १.५ देखि २ किलो शारीरिक वृद्धि भई मासु उत्पादन बढेको ।
२. यथानमा पाठापाठी जुम्ल्याहा जन्माउने बाख्रीको संख्या बढ़ेको ।
३. ६ महिनाको तील पछि बेच्दासम्म १.५ वर्ष) को शारीरिक वृद्धिदर कायमै रहने गरेको ।
तालिका १ खरी बाबाको प्रजनन् तथा पाठापाठी सम्बन्धी नतिजा
प्रजनन्नतिजा औसत दिन पाठापाठी सम्बन्धी नतिजा औसत परिमाण
पहिलो वाली जाने उमेर ३११ पाठापाठी जन्मदाको कूल संख्या १.६०
पहिलो बेतको उमेर ४५३ पाठापाठी माउबाट छुटाउदाको कूल संख्या १.४२
गर्भधारण अवधि १४५ पाठापाठी जन्मदाको कूल तौल (कें जी.) ३.३८
बेत अन्तर ३०२
ब्याएपछि बोका खोज्ने समय १०० पाठापाठी माउबाट छुटाउदाको कुल तौल (कें जी.) ११.९०
छनौंट प्रजनन्मा ध्यान पुयाउने कुराहरु
१. बीउको बोका बधानमा २ वर्षको उमेर भन्दा बढी नराख्ने ।
२. आफूनै बधानको बोका बीउमा कहिल्यै पनि प्रयोग नगर्ने ।
३. जुम्ल्याहा जन्मेकाबाट सप्रेको पाठोलाई बीउमा राख्ने र नसप्रेकोलाई बसी पार्ने ।
४. बैला, रोगी, नसप्रेका बोका बाखीलाई बथानबाट तुरुन्त हटाउने र बीउमा कहिले पनि प्रयोग नगर्ने ।
५. एउटा मात्र अण्डकोष भएको बोका बीउमा प्रयोग नगर्ने ।
६ . माउ बाखी बधानमा भन्दा माथि नराख्ने ।
स्रोत :- नेपाल कृषि अनुसन्धान परिषद