काठमाडौँ, ४ भदौ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार, आज देशभर थप तीन हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल संकलित १७ हजार ६ सय ५४ स्याम्पलमा पीसीआर परीक्षण गर्दा दुई हजार ७९ र एन्टिजेन परीक्षणमार्फत नौ सय ६३ जनामा कोरोना देखिएको हो ।

२४ घण्टामा कोरोना संक्रमणबाट दुई हजार दुई सय ४४ जना निको भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय