काठमाण्डौं, ३ भदौ । सुन चाँदीको भाउ आज घटेको छ ।

सुन तोलामा आज चार सय रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९० हजार ८ सय रुपैयाँ तोकिएको छ । यो हिजोको भन्दा चार सय रुपैयाँ सस्तो हो ।

यस्तै, हिजो तोलामा १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११ सय ८० रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय