ताप्लेजुङ, २ भदौ । ताप्लेजुङले बुधबार साँझ सदरमुकाम फुङलिङमा दल विभाजन सम्बन्धि अध्यादेशको विरोधमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल पुत्ला दहन सहित विरोध प्रर्दशन गरेको छ । विरोध प्रर्दशनमा अनेरास्वीयुका कार्यकर्ता समेत सहभागि थिए ।

सदरमुकाम स्थित पार्टी कार्यालय अगाडी भएको विरोध प्रर्दशनमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन समेत गरिएको थियो । दल विभाजन सम्बन्धि अध्यादेश आपत्तिजनक र निन्दनिय भएको भन्दै यसका विरुद्ध संघर्ष गर्नु परेको युवा संघले जनाएको छ ।

यसैबीच मंगलबार युवा संघको केन्द्रीय कार्यालयमा प्रवेश गरि प्रहरीले संघका केन्द्रीय नेताहरुलाई धरपकड गरेको प्रति राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङले घोर भत्र्सना गर्दै आपत्ति जनाएको छ । विज्ञप्ती जारी गर्दै उक्त घटना प्रति गम्भिर आपत्ति रहेको जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय