
भोमादेवी पोख्रेल
ताप्लेजुङ, ३२ साउन । कोरोना कहरका कारण दुई दर्जन भन्दा बढी काँचो कागज अर्थात पहाडे (हाते) कागज उद्योगहरु बन्द भएका छन् ।
मैवाखोला गाउँपालिका–३ साँघुका पहलमान चोङवाङले तरकारी बारी र अलैंचंी बगान मासेर काचोकागज अर्थात पहाडे (हाते) कागज उत्पादन गर्दै आएका थिए । बारीभरि सात परिवारका लागि छुट्टछुट्टै घर बनाइ दिएर राखेका उद्योगी चोङबाङले काम गर्ने मान्छे प्रशस्त पाइने भएपछि देश विदेशमा राम्रो माग हुने कागज उत्पादन गर्न कच्चा पदार्थ लोक्ता संकलन र निर्यातलाई जोड दिदै आएको बताउनुभयो ।
कोरोनाका कारण विक्री ठप्प हँुदा पहलमानको गोदाम एकबर्ष देखि कागजले भरिएको छ । अहिले दुई परिवार मात्रै काममा रहेको उहाँको भनाई छ । गोदाममा भरिएपनि कतै लाने उपाय छैन त्यसै लडि रहेको छ । उहाँले बताउनुभयो ।
उता, पूर्वको सिदिङ्वा गाउँपालिका–१ कालीखोलाका टइन्द्र चापागाईले पनि कागज उत्पादन गरेर राख्नबाहेक केही गरेका छैनन् । सशस्त्र द्वन्द्वमा लामो समय सदरमुकाम बसेर शान्ति प्रक्रियापछि गाउँ फर्किएका उनले पनि कागज उत्पादनको काम गर्न थालेको केही बर्ष भएको थियो ।
सडकको पहुच नहुदा मानिसले पिठिउमा बोकेर सदरमुका सम्म पु¥याउनु पर्ने बाध्यता थियो । उद्योग नजिकै सडक पुगेको र गाउँमा समेत ग्रामीण सडक बन्न थालेपछि ढुवानी सहज हुदै गएको छ । तर, कोरोना संक्रमणले उद्योग नै बन्द गर्नु पर्ने बाध्यता आएको छ । संक्रमणसँगैको निषेधाज्ञाका कारण उत्पादनदेखि बिक्री वितरणमा असर पुग्दा उद्योगलाई निरन्तरता दिन नसकेको चापागाईले बताउनुभयो ।
डिभिजन वन कार्यालयका लेखापाल सीता योगीले यसवर्ष टइन्द्र सहित गोपालबहादुर गुरुङ, नन्दकुमार तामाङ, पासाङ लाक्पा शेर्पा, टीकाकुमारी लिम्बू, रामकुमार तामाङ र पहलमानले मात्रै छुट पुर्जी लिएको बताउनुभयो ।
त्यो पनि गत वर्षको तुलनामा अत्यन्तै न्यून मात्र छुट पुर्जि लिएका छन् । कच्चा पदार्थ अर्गेली संकलनका लागि बन कार्यालयमा प्रतिकिलो ५ रुपैयाँ राजस्व बुझाउनु पर्छ । संक्रमणका कारण चैतमा लकडाउन भएपछि अहिलेसम्म जम्मा एक पटक मात्रै कागज बिक्री गरेको पहलमानले बताउनुभयो । उद्योगी पहलमानका अनुसार ‘काठमाण्डौं उपत्यका भित्र वाग्मती, भक्तपुर, पेपर उद्योगहरुलाई कागज विक्रि गर्ने गरेको छ ।
उद्योगी पहलमा चोङबाङले लोक्ता र अर्गेली संकलन गरि उद्योगमा ल्याएपछि बोक्रा उतारेर तातोपानीमा पकाउने र कुटेर पिठो बनाएर केमिकल लगाएर जाल मार्फत कागज बनाउने गरेको बताउनुभयो ।
त्यही कागजलाई सुकाएर कटिङ गरिन्छ । कटिङ गर्ने, रङ लगाउने काम भने काठमाडौंका कम्पनीले मात्रै गर्ने पहलमानले बताउनुभयो । पहाडे कागज बलियो र भरपर्दो हुने भएकाले नेपालका सरकारी कार्यालयमा कर्मचारीका लागि हाजिरी खाता बनाउने जस्ता दिगो उपयोगमा प्रयोग हुन्छ । जापानी पैसा येन बनाउन पनि अर्गेली लाने गरिएको छ ।
यस जिल्लामा कच्चा पदार्थ प्रशस्त पाइने भएकाले यहाँ दुई दर्जन बढी कागज उद्योग दर्ता भएका थिए । सामुदायिक वन उपभोक्ता जिल्ला महासंघका अनुसार दातृ संस्थाले पनि लोक्ता पकाउने भाँडो, धुने पानीका लागि पोखरी निर्माण जस्ता कार्यमा सहयोग गरेको सामुदायीक बनउपभोक्ता महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले बताउनुभयो ।
महिला मात्रैले पनि उत्पादन गर्न सक्ने भएकाले मिक्वाखोलाको पापुङ, साँवा, सिदिङवाको कालीखोला, सादेवामा महिला मात्रैले पनि कागज उद्योग सञ्चालन गरेको सामुदायिक वन उपभोक्ता महासंघकासु अध्यक्ष ओझाले बताउनुभयो ।