एजेन्सी

काबुल: अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा थप एक हजार सैनिक पठाउने भएका छन् ।

शनिबार जारी गरेको विज्ञप्तिमा उनले अफगानिस्तानमा फसेका अमेरिकी कर्मचारी तथा अन्य नागरिकलाई फिर्ता लैजानका लागि थप सैनिक फौज पठाएका हुन् । शनिबार बाइडेनले जारी गरेको विज्ञप्तिमा घोषणा गरेका ५ हजार सेनामध्ये एक हजार सेना पहिले नै काबुल पुगिसकेका थिए ।

एक हजार फौजको एउटा बटालियन काबुलमा पुगेर तैनाथ गरिसकिएको हो । जवकि अमेरिकी रक्षा मन्त्रालयले यसअघि नै ३ हजार सैनिक पठाएको जनाएको थियो । तीन हजार सहित थप एक हजार सैनिक गरी ४ हजार सैनिकलाई काबुलमा तैनाथ गरिएको छ ।

यससँगै अमेरिकाले अफगानिस्तानमा फसेका आफ्ना कर्मचारी सहित नागरिकहरुलाई फिर्ता लैजाने क्रम सुरु गरिसकेको छ । अमेरिकी दूतावास र विभिन्न निकायमा कार्यरत नागरिकलाई अमेरिकाले फिर्ता लैजान थालेको हो ।

तालिबान लडाकूले अफगानिस्तानका विभिन्न सहर कब्जामा लिन थालेपछि अमेरिका लगायत विभिन्न देशले आफ्ना नागरिक फिर्ता लैजान थालेका हुन् । क्यानडाले भने महिला नेत्रीहरुसहित जोखिममा परेका २० हजार नागरिकलाई आश्रय दिने घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय