काठमाण्डाै, ३१ साउन ।   हप्ताको पहिलो दिन शेयर बजार परिसूचक मापक नेप्से घटेको छ । उत्पादन र माइक्रो फाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से २४ दशमलव ८८ अङ्कले घटेर तीन हजार एक सय ५४ दशमलव शून्य तीन विन्दुमा झरेको छ ।

आज नेप्से घटे पनि कारोबार रकमले भने नयाँ कीर्तिमान बनाएको छ । आज दुई सय २२ कम्पनीका तीन करोड ५५ लाख ५० हजार कित्ता शेयर २१ अर्ब ६४ करोड रुपैयाँमा किनबेच भएका छन् । यो नेपाली शेयर बजारको इतिहासमा एक दिन भएको सबैभन्दा उच्च कारोबार हो । यसअघि दैनिक कारोबार २० अर्ब रुपैयाँभन्दा धेरै पुगेको थिएन ।

आज सबैभन्दा धेरै नेपाल बैंकको एक अर्ब पाँच करोड रुपैयाँको कारोबार भएको छ । रिडी हाइड्रोको शेयर सबैभन्दा धेरै साढे आठ प्रतिशतले घटेको छ । यस्तै रसुवागढी हाइड्रो, श्री इन्भेस्टमेन्ट फाइनान्स, रसुवागढी हाइड्रोलगायतको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।  समग्र बजार राताम्मे हुँदा पनि खानीखोला हाइड्रो, जीवन विकास लघुवित्त र युनियन लाइफ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । Ujyaalo बाट

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय