ताप्लेजुङ, २९ साउन । नागको पूजा गरिने पर्व नागपञ्चमी आज शुक्रबार मनाइँदै छ । ताप्लेजुङ जिल्लाका बिभिन्न मन्दिर साथै घरघरमा नागको पूजा गरिएको छ । विषेस नाग पूजा गर्ने मन्दिर नभएपनि विभिन्न मठ मन्दिरमा नाग पूजा गरिएको छ । फुङलिङ नगरपालिकामा रहेको नागेश्वर मन्दिरमा नागको पूजा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालले बताउनुभयो । उता, सिद्धिडाडा मन्दिरमा पनि नागको पूजा गरेर नाग पर्व मनाईएको छ ।
उता, काठमाडौंको नाग पोखरीमा भक्तजनहरुले नागको पूजा गरेर यो पर्व मनाएका छन् । पोखरीमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको थियो ।
नागपञ्चमीको अवसरमा काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीसँगै देशभरिका दह र कुण्डमा पूजा गरिन्छ । प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन यो पर्व मनाइन्छ । यस अवसरमा नागको पूजा गरिनुका साथै नाग अंकित चित्र घरको ढोकामाथि टाँसिन्छ ।
त्यसपछि यस दिन खेतबारीमा खनजोत गरिन्न । नाग र सर्प जस्ता घिस्रिने जनावरलाई मार्न हुन्न भन्ने मान्यता रहेको छ । घरको मूल ढोकामा त्यस्ता चित्र टाँसेर पूजा गर्दा वर्षभरि नै घरमा नाग र सर्पले दुस्ख नदिने जनविश्वास पनि छ । नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए अनिष्ट हुने भएकाले यसलाई पूजा गर्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । प्रत्येक घरमा नाग रहने र नाग रिसाए घरको जग भत्किने विश्वास पनि गरिन्छ । नागपञ्चमी किन र कसरी मनाउन सुरु भयो भन्नेबारे विभिन्न किंवदन्ती प्रचलित छन् ।
आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय