प्रश्नपत्र ‘लिक’ प्रकरणमा दुईजना पक्राउ, कसरी खुल्यो रहस्य ? 

काठमाडौं, २० साउन।  प्रहरी प्रधान कार्यालय तथा ७ वटा प्रदेश प्रहरी कार्यालयमा परिक्षा सञ्चालन भएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी थिए ।
प्रश्नपत्र ‘लिक’ भएको हल्लापछि प्रहरी प्रधान कार्यालयले साउन १६ मा नयाँ प्रश्नपत्रको सेट तयार गरेर डेढघण्टा ढिलो परीक्षा लिएको थियो । प्रश्नपत्र लिक गरेको आशंकामा प्रधान कार्यालयबाट साइबर ब्यूरोमा सरुवा भएका कुमार शाह र युएन शाखामा कार्यरत कार्यालय सहयोगी शुरेश बमलाई नियन्त्रणमा लिइएको छ ।
उनीहरुलाई नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ । कुमार शाहको भाइबरमा प्रश्नपत्र भेटिएको बताइएको छ । घटनाबारे छानविन भइरहेको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए । कुँवरले भने, ‘विशिष्ट श्रेणीका अधिकृतको नेतृत्वमा समिति गठन गरेर छानविन भइरहेको छ ।’

विशिष्ट श्रेणीका अधिकृतको नामचाहिँ कुँवरले खुलाएनन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी बसन्त लामा नेतृत्वको समितिले घटनाबारे छानविन गरिरहेको छ ।

डीएसपीको घरमै पुग्यो प्रश्नपत्र

प्रि–स्याटको प्रश्नपत्र परीक्षा हुनभन्दा अघि एकजना डीएसपीको घरमै पुगेको थियो । घरमा प्रश्नपत्र पाउने भाग्यमानी डीएसपी हुन्, रुपेश खड्का ।
प्रहरी स्रोतका अनुसार खड्काले ल्याण्ड लाइन नम्बर ०१–४४१०५९९ मार्फत युएन शाखामा सम्पर्क गरेर प्रश्नपत्र मगाएका थिए । यसअघि पनि युएन शाखामा काम गरेका खड्कालाई भर्खरै निरीक्षकमा बढुवा भएका दिनेश पुनले प्रश्नपत्र पठाएका हुन् । डीएसपी खड्कालाई प्रश्नपत्र पु¥याउन प्रहरी नायव निरिक्षक (सई) जनक थापा उनको घरमा पुगेका थिए ।

डीएसपी खड्कासहित ८ जना परीक्षार्थीले परीक्षा हुनुअगावै प्रश्नपत्र पाएका थिए । युएन शाखामा कार्यरत डीएसपी बासुदेव पाठकले पनि ह्वाट्सएपमार्फत उनी निकट एकजनालाई प्रहरी नायव निरीक्षक (सईलाई प्रश्नपत्रको फोटो खिचेर पठाएको प्रहरी प्रधान कार्यालयमा कार्यरत एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रश्नपत्र लिक भएको सुराक पाएपछि युएन शाखाका एसपी अनुपम शम्शेर जबराले साउन १६ को परीक्षामा पहिले तयार गरेको सेट रद्द गरेर नयाँ प्रश्नपत्र बनाएर परीक्षा लिन लगाएका थिए । रातोपाटी अनलाईनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय