इपूर्वपोष्ट
ताप्लेजुङ, १९ साउन । ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक गाउँपालिकामा थप ५ जनामा कोरोना संक्रमण देखिएका छ । मंगलबार १६ जनाको परिक्षण गर्दा ५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
पाथीभरा याङवरक गाउँपालिका १ नाङखोल्याङमा मंगलबार गरिएको एन्टिजेन परिक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष केशरबहादुर मेन्याङबोले बताउनुभयो ।
गाउँपालिकामा कोरोना संक्रमितको संख्या ७९ पुगेको समेत अध्यक्ष मेन्याङबोले बताउनुभयो । अहिले सो गाउँपालिका गरिएको छ । आवत जावत पुर्णरुपमा बन्द गरिएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको थेचम्बुमा कोरोना प्रत्येक घरमा देखिएका कारण कार्यालय तथा बजार बन्द गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय