
पुर्वपाेष्ट
ताप्लेजुङ १ चैत्र । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा भएको माछापोखरी हिटी गोल्डकपको उपाधि न्यू स्टार क्लब झापाले उचालेको छ।चाँगे माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा गत वर्षको विजेता मरिक एफसी धरानलाई १–० शून्य गोल अन्तरले हराउँदै झापाले उपाधि उचालेको हो ।
खेलको ७५ औं मिनेटमा झापाका लागि एक मात्रै निर्णायक गोल निश्चल बस्नेतले गरेका थिए । खेलमा म्यान अफ दि म्याच निश्चल बस्नेत भएका छन्। उनले नगद ३ हजार प्राप्त गरे । विजेता झापाले ३ लाख रुपैयाँ सहित ट्रफ, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक सलबहादुर नेपालीले बताए।
दोश्रो अर्थात उपविजेता धरानले १ लाख ६० हजार प्राप्त गर्यो। व्यक्तिगत विधातर्फ सबै झापाका सर्वाधिक गोलकर्ता बस्नेत, उत्कृष्ट मिडफिल्डर पिके कन्दङ्गवा, प्लेयर अफ द टुर्नामेन्टु विजय राई, बेस्ट प्रशिक्षक अनुभ केदेम भए । बेस्ट गोलरक्षक मारिक एफसी धरानका निशान थापा र बेस्ट डिफेन्डर पनि राजु थापा भए । उनीहरुले तीन–तीन हजार रुपैयाँ पाए । फागुन २५ बाट सुरु भएको प्रतियोगिता २९ गते सकिएको छ। आठराई त्रिवेणी गाउँपालिकाको सहयोगमा सञ्चालित प्रतियोगितामा आठ टिम सहभागी रहेको आयोजकले जनाएको छ।