पूर्वपाेषट
ताप्लेजुङ, १२ फागुन । शनिबार ताप्लेजुङको फुङलिङबाट पक्राउ परेका ‘नो केवलकार’ पक्षका १५ जनालाई प्रहरीले जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार उनीहरूलाई हुलदंगा तथा आपराधिक उपद्रवको कसुरमा अनुसन्धान थालिएको हो। पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ६३ अनुसार हुलदंगा तथा दफा २८५ अनुसार आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
प्रहरी प्रमुख रावि रावलकाले पक्राउ पर्नेहरुमा पाँचथर, हिलिहाङ–६ स्थायी ठेगाना भई हाल झापा, अर्जुनधारा–११ बस्ने ४८ बर्षका मित्र लिङदेन इटहरी–३ सुनसरी बस्ने २३ बर्षका विवेक लिम्बू, पाँचथर, फिदिम–११ का २२ बर्षका एमन राई, तेह्रथुम, आठराई–७,घर भई हाल झापाको अर्जुनधारा–११ कि ३० बर्षकी निर्मला बराल (दर्नाल), ताप्लेजुङ, आठराई त्रिवेणी–१ का ४५ बर्षका नवीन पोमू, मोरङको सुन्दरहरैंचा–१० का ५८ बर्षका तुलाराम तामाङ, सुनसरी, इटहरी–३ का १९ बर्षका जुरन राई, मोरङ, उर्लाबारी–१ का ३९ बर्षका हरी लिम्बु, पाँचथर, फालेलुङ–८, की ४० सुनिता केरुङ, सुनसरी, इटहरी–२ का ३२ बर्षका विर्खबहादुर तामाङ, सुनसरी, इटहरी–२० का ३२ बर्षका अनुप सुब्बा, सुनसरी, इटहरी–१० का १९ बर्षका विशेष सब्बा, पाँचथर, मिक्लाजुङ–५, घर भई हाल इलाम नगरपालिका–७ का बर्ष ५१ का योगेन्द्र लावती, झापा, अर्जुनधारा–४ की २१ बर्षकी निहा चेम्जोङ, झापा, शिवसताक्षी–२, घर भई हाल बिर्तामोड–२ की २० बर्षीया ईक्सा लिम्बू रहेको प्रहरी प्रमुख रवि रावलले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!