
केवशप्रसाद भट्टराई
ताप्लेजुङ, ११ फागुन । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले निषेध आदेश जारी गरेको छ । ताप्लेजुङ जिल्लाको फुङलिङबजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडप र प्रतिकुल स्थिति सृजना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिका कारण भोली अर्थात फागनु ११ गते विहान ३ बजे देखि लागुहुने गरि निषध आदेश जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा द्धारा गरएको निषेध आदेशमा निषेधाज्ञा लागुहुने क्षेत्रको फुङलिङ नगारपालिकाको पूर्वमा वर्ड नं. ७ सल्लेरी पश्चिममा फुङलिङ नगर पालिका ७ के घोडेचौर (थलङधारा क्षेत्र सम्म तोकिएको छ ।
त्यस्तै उत्तरमा फुङलिङ नगरपालिका वडानंम्बर ४ उकालीपानी र दक्षिणमा नगरापालिका वडा नं. ६ सेर्पा टोल ,(भेटनरी कञ्जनवंघा टोल) सम्म तोकिएको छ । पाथीभराको तल्लो फेदि अर्थात काफ्ले पाटीमा पनि निषेध निषेधाज्ञा जारी गरिएको छ । काफ्लेपाटी बलुडाँडा क्षेत्रको पूर्व पर्यटक भवनको १०० मिटर, पश्चिममा बलुडाँडा डडेली ईलाका, उत्तरमा केवलकार बेसस्टेसन÷पानीको मुहान ईलाकाको १०० मिटर र दक्षिणमा नयाँ बसपार्क ईलाकाको १०० मिटर (जंगल ईलाका समेतमा प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा प्रसासन ऐन २०२८(संसोधित सहित) को दफा ६ को उपदफा ३ क बमोजिम निशेधाज्ञा जारिगरेको उल्लेख छ ।