
केशवप्रसाद भट्टराई
ताप्लेजुङ, ९ फागुन । ताप्लेजुङको पाथीभरा केवलकारको विषयलाई लिएर भएको आन्दोलन कर्ता ‘नो केबलकार समूह’लाई पूनः वार्तामा आउन गृहमन्त्रालयले आह्वान गरेको छ ।
गृह मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै गत माघ १० गते गठित वार्ता टोलीका संयोजक सह–सचिव प्रेमप्रसाद भट्टराईले आन्दोलनरत् समूहलाई वार्तामा आउन पुनः आग्रह गरेका छन् । मन्त्रालयले गठन गरेपछि वार्ता टोलीले ‘नो केबलकार’ समूहसँग मंसिर २२ गते देखि भएको बर्ता ६ बुदे सहमति भएपच्चिात पुनः २७ बसेको थयो । सो बार्ता बिना निस्कर्ष टुङ्गीए पछि आन्दोलनकारीले आन्दोलनको घोषणा गरेका थए ।
सह–सचिव भट्टराईले जारी गरेको विज्ञप्तमा भनिएको छ ‘पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत् पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्याको समाधानका लागि गम्भीर भई वार्ता एवम् संवादमा आउन वार्ता समिति हार्दिक अपिल गर्दछ ।’
विज्ञप्तीमा आागडी पाथीभरा मुक्कुमलुङ क्षेत्रमा देखिएको समस्याबारे शान्तिपूर्ण समाधानकालागि टोली सक्रिय रहेको बताईएको छ । गृह मन्त्रालयका अनुसार वार्ता समिति पदाधिकारीले राजनीतिक नेतृत्वसँग वार्ता गर्ने सर्त राखेका छन । तर, गृहमन्त्री लेखकले राजनीतिक नेतृत्वबाट वार्ता नहुने भन्दै समितिलाई नै विवाद टुंग्याउन आदेश दिएको बताईएको छ ।
ताप्लेजुङमा रहेको पाथीभारा मन्दिरसम्म पुग्ने केबलकार परियोजना निर्माणको विषयलाई लिएर पछिल्लो समय तनाव चुलिँदै जानुका साथै लिम्बुहरूको मुक्कुम्लुङ पाथीभारामा एक तीर्थस्थल मासिने भन्दै त्यहाँका लिम्बु समुदायले ‘नो केबलकार’ पक्षले आन्दोन गरिरहेका छन् ।
विहिबार प्रहरी र आन्दोलनकारी झडप हुँदा सात राउन्ड अश्रुग्याँस प्रहार साथै १३ जना घाईते भएका थियो । जसमा जनपथ प्रहरी तर्फ ६ जना घाईते भएको र ससस्त्र प्रहरी तर्फ ५ जना सुरक्षाकर्मी घाईते भएका थिए । त्यस्तै एक गाडी तोडफोड र चालकलाई सक्त घाईते भएको थिए ।